नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले प्रतिनिधि सभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङबाट उम्मेदवारी दर्ता गराएका छन्।
गठबन्धनबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका गुरुङले आइतबार दिउँसो बेँसीसहरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
उनी यसअघि एमालेसँगको गठबन्धनबाट प्रतिनिधि सभाकै उम्मेदवार बन्दै भारी मतले विजयी भएका थिए।
यसपटक नेपाली कांग्रेस लगायतको गठबन्धनसँग मिलेर चुनावी मैदानमा प्रतिस्पर्धा गर्दै छन्।
त्यस्तै प्रदेशसभा (क) र (ख) का लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
प्रदेश (क) मा कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङ र प्रदेश (ख) मा पूर्व जिल्ला सभापति भेषबहादुर पौडेलले संयुक्त रूपमा उम्मेदवारी दिएका छन्।