सरकारवादी दलसंग कुरा नमिलेपछि आन्दोलनमा जाने भनेको मधेसवादी दल राजपाको आन्तरिक बैठक सुरु भएको छ।
विजुलीबजारमा बसेको बैठकले आगामी रणनीति कस्तो हुने भन्ने बारे छलफल गर्ने बताइएको छ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहान बसेको दुई पक्षको वार्तामा राजपाले तराई मधेसमा स्थानीय तह थप्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई भ्याकेट गर्नुपर्ने र निर्वाचनको मिति फेरि सार्नुपर्ने माग राखेको थियो।
सरकारवादी दलले भने अहिलै संविधानसंसोधन गर्न नसकिने भन्दै संझाएका थिए। दुवैपक्षका कुरा नमिलेपछि बैठक सकिएको थियो।
बैठकपछि राजपाका नेताहरुले आन्दोलनमा जाने बताएका छन्। राजपा विना तराइमा चुनाव नहुने उनीहरुले बताएका छन्।