राजपालाई स्थानीय तह दोस्रो चरणको निर्वाचनमा भाग लिन सहज बनाउनका लागि राजनीतिक दलसम्बन्धी ऐन संशोधन भएको छ।
आइतबार यसैका लागि संसदका तीन वटा बैठक बसेका थिए।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजपालाई चुनाव चिन्ह लिन सजिलो हुने गरी ऐन संशोधन गर्ने निर्णय गरेको थियो।
अब राजपाभित्रका निर्वाचन आयोगमा दर्ता भएका मधेसी पार्टीको चुनाव चिन्हमध्ये कुनैपनि चुनाव चिन्ह राजपाले प्रयोग गर्न पाउनेछन्। त्यसपछि कानुनतः त्यो निर्वाचन चिन्ह लिएर जित्ने उम्मेदवार राजपाको सदस्य हुन्छ।
यसअघि राजपाकै लागि सरकारले निर्वाचन आयोगमा मनोनयन दर्ता गर्न १५ दिन अघि नै पार्टीको आधिकारिक हस्ताक्षर बुझाउनु पर्ने प्रावधान संशोधन गरेको थियो।