सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी तथा आन्दोलनरत राजपाका नेताहरूले २ नम्बर प्रदेशको चुनाव सार्ने गरेको निर्णयमा निर्वाचन आयोगका प्रमुख अयोधी प्रसाद यादवले कुनै प्रतिक्रिया दिएनन। पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा उनले भने, ‘नो कमेन्ट।’
सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै उनले निर्वाचन सार्ने कुरामा आयोगले सरकारलाई कुनै सहमति नदिएको र यसको पक्षमा पनि आफूहरु नरहेको बताएका हुन्।
'निर्वाचन सार्ने विषयमा हामीसँग सहमति भएको छैन। हामी सार्ने पक्षमा छैनौँं असोज २ गते गर्ने विषयमा हाम्रो नो कमेन्ट,' उनले भने।
सरकार र राजपालाई बीच चुनाव २ नम्बर प्रदेशमा असोज २ गते मात्रै स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको थियो।