पाँच नम्बर प्रदेशको दाङ्मा अहिलेसम्म ६५ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले जिल्लाभरी ६५ प्रतिशत मत खसेको जानकारी दिएका हुन्।
२ लाख ९१ हजार एक सय ७३ मतदाता रहेको दाङमा दुईवटा उपमहानानगरपालिका ,एउटा नगरपालिका र ७ वटा गाउँपालिका छन्। यी १० स्थानीय निकायमा ३५१ मतदान केन्द्र छन्।
जिल्लाभरि प्रमुख उपप्रमुख सहितका ५ सय २० पदका लागि २ हजार ३ सय ८२ जना उमेद्वार चुनावी मैदानमा उत्रिएका छन्। १० स्थानीय तहमा प्रमुख र उपप्रमुखमा २० जना १०० वडा अध्यक्ष,खुल्ला सदस्य २ सय, महिला सदस्य १ सय र दलित महिला सदस्यमा १ सय गरि पाँचसय २० जना उमेद्वार छन्।