सर्वोच्च अदालतले मेरिट लिस्टका आधारमा मेडिकल शिक्षाको विशेषज्ञ तह (पिजी) मा भर्ना गराउन आदेश दिएको छ।
कायम मुकायम न्यायाधीश गोपालप्रसाद पराजुलीको इजलासले चिकित्सा शास्त्र अध्ययन संस्था आइओम, त्रिभुवन विश्वविद्यालय र निजी मेडिकल कलेजहरुलाई मेरिट लिस्टका आधारमा विद्यार्थी भर्ना गर्न आदेश दिएको हो।
केही निजी मेडिकल कलेजहरुले विद्यार्थी भर्ना मगर्दा मेरिट लिस्टलाई आधार मानेका थिएनन्।
पराजुलीको इजलासले तोकिएको भर्ना शुल्क मात्र लिन समेत विपक्षीको नाममा आदेश दिएको छ। त्रिभुवन विश्वविद्यालयले ३१ लाख भर्ना शुल्क तोकेको छ।
मेरिट लिस्टमा अगाडि रहेर पनि आफूहरुलाई भर्ना नलिइएको भन्दै निशान्तकुमार ठाकुर लगायत ६ जनाले त्रिभुवन विश्वविद्यालयलाई विपक्षी बनाउँदै मुद्दा दायर गरेका थिए।