स्थानीय तहको निर्वाचन अन्तर्गत बुधबार भएको दोस्रो चरणको निर्वाचनमा दाङमा ७० प्रतिशत भन्दा बढी मत खसको छ।
सबै मतदान केन्द्रबाट अहिले धमाधम मतपेटिका ओसार्ने काम भइरहेको छ। बुधवार राति देखि नै मतगणना सुरु हुने दाङका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले सेतोपाटीलाई बताए।
दाङमा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरि कुल दश स्थानीय तहमा शान्ति पूर्ण मतदान सम्पन्न भएको पनि उनको भनाइ छ।
‘सैबै ठाउँमा निकै शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ’ मुख्य अधिकृत खड्काले भने।
उनले निर्वाचनमा मतदाताको उत्साजनक सहभागिता पाइएको जानकारी दिए।
पूर्ण विवरण प्राप्त भइ नसकेको भएपनि हालसम्मको प्राप्त आँकडा अनुसार ७० प्रतिशतभन्दा बढी मत खसेको उनले जानकारी दिए।
दाङमा कुल २ लाख ९१ हजार १ सय ७३ मतदाता थिए। ५ सय २० प्रतिनिधी चुन्ने भएपनि दाङमा दुई हजार ३ सय ८२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्।