धनगढीमा कांग्रेसका मेयर उमेदवारले स्वतन्त्र उमेदवार भन्दा ४ सय १५ मत बढी ल्याएका छन् ।
उपमहानगरपालिकामा नेपाली कांग्रेसका मेयर उमेद्वार नृप वडले ३ हजार ४सय ९७ मत ल्याएका छन् । उनलाई पच्छाइरहेका स्वतन्त्र उमेद्वार गोपाल हमालले ३ हजार ८२ मत ल्याएका छन् ।
एमाले उमेदवार दुर्गाप्रसाद जोशीले २ हजार ८ सय ५४ मत ल्याएका छन् ।
उपमेयरमा पनि कांग्रेस नै अगाडी रहेको छ । कांग्रेस उमेद्वार सुशिला मिश्र भट्टको ४ हजार ९ मत रहेको छ भने एमाले उमेदवार रुकमणी देवकोटाको ३ हजार ५ सय ७८ मत रहेको छ ।
तर अहिले धनगढी मतगणना स्थगित भएको छ। १७ नम्बर वडामा मुचुल्काभन्दा बढी मतपत्र भेटिएपछि गणना कार्य रोकिएको छ।