निर्वाचन आयोगले आगामी असोज २९ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको बन्द सूची पेश गर्न राजनीतिक दलहरुलाई आह्वान गरेको छ।
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले संवैधानिक व्यवस्था अनुसार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फको बन्द सूची पेश गर्न राजनीतिक दलहरुलाई आह्वान गरेका हुन्। प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको बन्द सूची आगामी असोज २९ गते पेश गर्नुपर्नेछ।
सोही सम्बन्धमा जानकारी दिन शनिबार काठमाडौंमा आयोजित समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी अभिमूखिकरण कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले संवैधानिक व्यवस्था अनुसार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची पेश गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका हुन्।
राजनीतिक दलहरुले समानुपातिक तर्फको निर्वाचनका लागि प्रतिनिधि सभाका लागि १ सय १० र प्रदेश सभाका लागि २ सय २० जना उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनु पर्नेछ।
प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा आचारसंहिता उलंघन गरे उम्मेदवारी नै रद्द गर्ने चेतावनी पनि दिए। उनले उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरे सम्बन्धित दलका नेतृत्वलाई नै स्पष्टिकरण लिने व्यवस्था गरिएको जानकारी दिए।
आगामी मंसिर १० र २१ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ।