नेकपा एमालेले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा आफूले पाएका १९ संघीय सांसद उम्मेदवारको नाम टुंग्याएको छ।
मंसिर १० गते चुनाव हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमध्ये एमाले र माओवादीबीच क्रमशः २१ र १६ स्थानमा उम्मेदवारी दिने सहमति भएको थियो। सोही सहमतिअनुसार एमालेले शुक्रबार आफ्नो भागमा परेका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको एमाले सचिव प्रदीप ज्ञवालीले सेतोपाटीलाई जानकारी दिए।
एमाले कार्यदलले तयार पारेको उम्मेदवारको सूचीलाई शुक्रबार बसेको पार्टी स्थायी समिति बैठकले अनुमोदन गरेको हो।
ज्ञवालीका अनुसार एमालेका भागमा परेका बाग्लुङ र प्युठानका २ निर्वाचन क्षेत्रमा भने राष्ट्रिय जनमोर्चा पार्टीसँग चुनावी तालमेल गर्ने निर्णय भएको छ। साथै एमालेको भागमा परेको सिन्धुपाल्चोकको एक निर्वाचन क्षेत्रमा पनि माअोवादीसँगको छलफलपछि उम्मेदवारी टुंग्याउने बैठकले निर्णय गरेको छ।
कहाँ को उम्मेदवार?दार्चुला–गणेशसिंह ठगुन्ना
बाजुरा–लालबहादुर थापा
बैतडी–दामोदर भण्डारी
बझाङ– भैरवबहादुर सिंह
डोल्पा–धनबहादुर बुढा
मुगु–गोपाल बम
मुस्ताङ– प्रेमप्रसाद तुलाचन/महेन्द्र थकाली
मनाङ– पोल्देन छोपाङ गुरुङ
म्याग्दी–भूपेन्द्रबहादुर थापा
रसुवा–जनार्दन ढकाल
नुवाकोट–१वद्री मैनाली
नुवाकोट २ – नारायणप्रसाद खतिवडा
धादिङ १–भूमि त्रिपाठी
धादिङ २– खेम लोहनी
पाँचथर–वसन्त कुमार नेम्बाङ
ताप्लेजुङ– योगेश कुमार भट्टराई
संखुवासभा–राजेन्द्र गौतम
ओखलढुङ्गा–यज्ञराज सुनुवार
खोटाङ– विशाल भट्टराई