नेपाली टेलिभिजनको इतिहासमा नेपाल आइडलले नयाँ आयाम थपेको छ। नेपालमा पनि अन्तर्राष्ट्रियस्तरका कार्यक्रम हुने गर्छन् भन्ने उदाहरण यसले प्रस्तुत गरिसकेको छ। नेपाल आइडल जसले पहिलो पल्ट म जस्ता नेपाली सो नहेर्ने दर्शकलाई पनि आकर्षित गरेको थियो।
म प्रायः एपिसोडहरू नछुटाई हेर्थे। यसै सन्दर्भमा निशानको आवाज को म प्रसंसक भए। निशानको स्वर वास्तबमा तारिफ गर्न लाएक को छ । नेपाल को पहिलो आइडल निशान हुनु पर्छ भन्ने पक्षमा धेरै तर्क हरु गर्थे। निशान बटम ३ मा पर्दा निकै निराश हुन्थे। आइडल को पुरै शो हेर्न नपाए पनि युटुबमा कमसेकम निशानको प्रस्तुति भने हेरेको हुन्थें।
निशानको यति ठूलो फ्यान तर उसका निम्ति मुख बजाउनु र दिमाख तताउनु भन्दा अरू केहि गरेको थिईनँ। त्यसो त बिदेशमा रहेका फ्यानका निम्ति एपको व्यवस्था थियो। लाखौं भोटमा मेरो भोटको के महत्व। यही सोचले जरो गाडेको थियो। नेपाल आइडलको ग्रान्ड फिनालेको चर्चा चलिरहँदा ग्रान्ड फिनाले कतारमा हुँदैछ भन्ने कुरा ले म निकै हर्षित थिएँ।
आइडलका थुप्रै काण्ड सुन्नमा आए। त्यस मध्यको चर्चित रामकृष्ण ढकालको काण्डले तहल्का मच्चायो। उनले कार्यक्रममै गएर निशानले जित्नुपर्ने जस्ता तर्क राखेका थिए। जसले गर्दा नेपाल आइडलमा जातीय तरंग पैदा भयो । मैले सोच्ने गर्थेँ जातीय रुपमा नै आइडल मा चर्काचर्की भयो भने यहाँ दास र लामाको के हाल होला। केही दिनपछि रामकृष्ण ढकालले उक्त काण्डलाई साम्यपार्न अन्तर्वार्ता दिए।
‘मेरो एल्बम किनिदिने र मेरो सो हेरिदिने जनजातिहरु हुन् मेरो जातकाले त्यो कस्ट गर्दैनन्’, उनले आफूलाई बचाउ गर्दै भनेका थिए। त्यसैमा उनले थपे - भोट कै कारण राम्रा स्वर भएकाहरु आउट हुनु दुखद् कुरा हो। उनको यो कुरा सत्य हो भन्ने लाग्यो। म तुरुन्त एप डाउनलोड गरे र निशानलाई भोटिङ गर्न सुरु गरेँ।
म स्वतन्त्र दर्शक थिए। मेरा नामको पछाडि जोडिएको नामसँग भट्टराई, लामा र दासको पर परसम्म पनि केही सम्बन्ध थिएन। भौगोलिक रूपमा भने लामासँग नजिक थिए। हामि छिमेकि जिल्लाका थियौ। मेरो स्वतन्त्र विचारलाई भूगोल धर्म जातीय अथवा अन्य कुनै विचारले जित्न सकेन। म निशानको फ्यान भए।
यस्तो थियो फाइनलमा टप थ्रिको प्रस्तुतीhttps://www.facebook.com/setopati/videos/1595491273854773/
ग्रान्ड फिनालेको मिति नजिकिदै गर्दा बुद्धले जित्ने सम्भाव्यताका चर्चा सुनिन थाले। प्रशान्त तामाङ र तेरिया मगरलाई भारतको चर्चित ठूला रियालिटी शोमा जिताउने नेपाली अझ भनौ जनजातिहरु थिए। त्यसैले बुद्ध लामालाई जिताउन कुनै आइतबार थिएन। यो सवालले केही पिरोलेको थियो। जातीय स्वभावका प्रश्नहरु ले मनमा उथलपुथल भयो। मैले भेटेका भट्टराई निकट जातिका साथी भोटिङकै आधारमा यदि निशानले हार्यो भने त्यो निकै दुखद कुरा हुने छ भनेर उक्साउने गर्थे। त्यसो भन्दै गर्दा कतै म माथि पनि जातीय भूत सवार भएको त होइन भनेर आफूलाई सचेत राख्थेँ। यहाँ लामा र दासहरुलाई हराउन भन्दा पनि एउटा राम्रो आवाजको जित होस् भन्ने मेरो चाहना थियो।
नेपाल आइडलमा भोटिङकै आधारमा राम्रा प्रतियोगीहरु बाहिरिएको तितो अनुभव हामीसँग थियो।
ग्रान्ड फिनालेको दिन - कतारको सनैयास्थित ग्रान्ड मलको स्टेडियम निकै ठूलो छ। जहाँ टिकेट काटेर पछाडिको सिटमा बसेर हेर्नु भनेको रेडियो सुन्नु जस्तै हो। मसँग धेरै पटक को अनुभव थियो। दाईसँग भीआइपीमा नबसे सो हेर्दिनँ भन्ने घुर्कीले काम गर्यो। दाईले ३ जना का निम्ति भीआईपी सिट सुरक्षित गर्छु भन्नुभयो। म बिहानैदेखि भीआईपी देखिनु का निम्ति दराजका कपडा फेरि रहे।
बेलुका ६ बजे सो सुरू हुन्छ भन्ने खबर थियो। हामी ४ बजे घरबाट निस्कियौ। कार्यक्रमकै कारण निकै लामो जाम थियो। २० मिनेटको बाटो हामी डेढघण्टा लगाएर कार्यक्रमस्थल पुग्यौ। कार्यक्रमस्थल वरिपरी सयौं सुरक्षाकर्मी अनि हजारौको भीड थियो। कतारमा ग्रान्ड फिनाले हुनु गलत भन्ने को लागि गतिलो झापड थियो। यो ह्युज क्राउडलाई एपीवान ले लाइभ देखाउनु पर्छ हामी गफ गर्दै कार्यक्रमस्थल भित्र पस्यौ।
उच्च सुरक्षा व्यवस्थापन भब्य स्टेज र हजारौं खचाखच दर्शक देखेर मन प्रफुल्ल भयो। ग्रान्ड फिनाले भनेको यस्तो हुनुपर्छ। बाटोमा भेटेको आयोजक तथा व्यवस्थापक दाजुलाई बधाई दिँदै आफ्नो स्थानमा बस्यौ। कार्यक्रम सञ्चालन हुन केहि बाधा आए जस्तो सबैलाई भान हुन थाल्यो।
टेक्निकल समस्या थियो। केहि बेरमा कार्यक्रम सुरु भयो। सधै टिभीमा देखिने जज लाई लाइभ देख्दा सबै दर्शक खुसी थिए। टप १२ प्रतियोगी मह जोडी, नलिना चित्रकार, तेरिया मगर र नारद खतिवडाले स्टेज मजाले तताए।
लाइभ सो भएका कारण अन्य लाइभ सो भन्दा केही भिन्न थियो। जुन कुरा उद्घोषक शुसील नेपाल र रिमा विश्वकर्माले बुझाइरहेका थिए। टप ३ को गीत सेलेक्सन राम्रो थियो। दर्शकहरु मन खोलेर नाचे। बाहिर भने दर्शकको भीडलाई व्यवस्थित पार्न सुरक्षा बललाई गाह्रो भएको कुरा भित्र सुनिन आयो। नेपाल आइडल को त्यो क्रेज जायज थियो।
कार्यक्रममा भब्य रुपमा चलिरहेको थियो। अचानक नेपाल आइडलको नतिजा घोसणा हुन् लाग्दा म जस्तै धेरै जना अचम्म पर्यौ। सोचेभन्दा छिटो गन्तव्यमा पुगे जस्तो भयो। समयको पावन्दीका कारण त्यस्तो हुन गयो। अन्तिम तीन जना प्रतियोगी, जजहरू नतिजा सुन्न सुनाउन अगाडि आए। सेकेन्ड रनरअपको अनुमान लगाउन कार्यक्रम प्रस्तोताले दर्शक हरुको तर्फ माइक फर्काउदा बुद्ध लामाको स्वर पनि गुन्जियो। भोट नहाल्नेहरू मुखामुख गर्न थाले। त्यो सेकेन्ड रनरअप अपमा वास्तवमा आइडल बन्न लाएक रूप रंग स्वभाव भएका प्रताप दासको नाम घोषणा भयो। मेरो आइडल निशानको झिनो आशा र मेरा छिमेकी बुद्धको बलियो दाबेदारी देखेँ।
अन्तिममा नेपालको पहिलो आइडलको घोषणा हरिवंश र मदनकृष्णले संयुक्त रूपमा सुनाए। मुख बजाउनेको आवाजलाई लाउड स्पिकरको आवाजले जित्यो। बुद्ध लामा नेपालको पहिलो नेपाल आइडल घोषित भए।
आफ्नै मोबाइलमा यो अविस्मरणीय क्षण कैद होस् भनेर उठाएका हात गलेको महसुस भयो। स्टेजमा के के भयो भन्दा पनि अब आफ्नै फोटो खिचौ भनेर फोटो खिच्न तिर लागे। कार्यक्रम सकिदै गर्दा हजारौको भीड स्टेजबाट खाली भयो।
यसरी भयो विजेताको घोषणाhttps://www.facebook.com/setopati/videos/1595486750521892/
फ्यानहरुको मायाले बुद्ध आइडल बने। समधुर स्वरका कारण निशान फर्स्ट रनरअप भए। नेपाल आइडल बन्न लाएकको रूपरंग भएका कारण प्रताप सेकेन्ड रनरअप भए। वास्तवमा लाखौ प्रतियोगीबाट चुनिएर आएका उनी हरू सबै यसका हकदार थिए। सबै विजेता थिए।
भोलिपल्ट म सँगै अफिसमा काम गर्ने एक जना भट्टराई निकट जातिका भाई दुःखित् थिए। आइडल त लामा नै भए है दाई भनेर मलाई सुनाए। मैले पनि आफ्नो निरास्यता पोख्ने मौका पाएँ। अस्ति मात्र अर्बौ रूपैयाँ भ्रष्टाचार गर्ने चुडामणि शर्माका दाजुहरु अहिले पनि पुर्खौली घरमा बसेर सामान्य किसानको जीवन यापन गरेका छन्। तर धरान, पोखरा, काठमाडौंजस्ता शहर हरूमा जन जाति लाहुरेका भब्य घरमा आफन्तहरु ले रजाई गरेका छन्।
यो नतिजा जातीय स्वभावका कारण भएको हो। मैले भाईलाई व्यंग हाने। उनी मेरो कुरा मा सहमत भए भएनन् थाहा भएन। उनले मुन्टो चाही हल्लाए।
अब भविष्यमा पनि बुद्ध, निशान र प्रतापलाई अब वास्तविक स्टार बनाउने मुख बजाउनेहरु ले होइन गीतसंगीत प्रेमीले हो। नेपाली सबैको मन जित्ने गीत गाउँदै गर्नुहोला। सबैलाई शुभकामना।
wahidsyangja@gmail.com