बलिउड अभिनेता शाहरूख खान र अभिनेत्री काजोल एकदमै मिल्ने साथीका रूपमा चिनिन्छन्। सिनेमाको पर्दामा पनि उनीहरूको जोडीलाई दर्शकहरूले रूचाउँछन्। 'दिलवालें दुल्हनिया ले जायेंगे'बाट उचाइ पाएको उनीहरूको स्क्रिन जोडीको जादु अझै दर्शकको मनमा छाइरहेको छ।
उनीहरू साथी भएपनि काजोलका पति अजय देवगन र शाहरुखबिच सम्बन्ध राम्रो छैन् भनिन्छ। उनीहरू एकअर्काको साथी होइनन्। उस्तै परे एकअर्कासँग सिनेमा जुधाउँन पनि पछि पर्दैनन्।
'ए दिल है मुश्किल'सँग 'शिवाय' जुँधेपछि काजोलको अर्को मिल्ने साथी करण जोहरसँग खटपट नै भयो।
यी दुबैको सम्बन्धका बारेमा काजोलले मिडियासामु बडो चतुर्याइपूर्वक जवाफ दिने गरेकी छन्। केहि वर्ष पहिले उनले 'मेरो साथी अजयको साथी हुने र उसको साथी मेरो नहुने भन्ने हुँदैन्', भनेर बताएकी थिइन्।
'त्यस्तै सँगै पार्टी नगर्दैमा वा सेल्फी खिचेको फोटो सार्वजनिक नहुनुको अर्थ दुबैबिच दुश्मनी छ भन्ने हुँदैन्। उनीहरूबिच मेरो घरमा भेट भएको छ।' काजोले भनेकी छन्।
त्यस्तै अजयले पनि मिडियासामु आफूहरू सहकर्मी कलाकार रहेको तर साथी नभएको बताउने गरेका छन्। 'दिलवाले'को सुटिङको बेलामा अजय बुल्गेरिया पुगेका थिए र शाहरुखसँग डिनर गरिरहेको तस्विरसमेत सार्वजनिक भएको थियो।
बलिउडको गल्लीमा जेजस्ता समाचार यी दुईको बारेमा सार्वजनिक भए पनि उनीहरू एक सिनेमा काम गर्न लागेको नयाँ खबर सार्वजनिक भएको छ।
खबर अनुसार निर्देशक अकिल अभिको 'दे दे प्यार दे'मा शाहरूखले एक्टेन्डेड केमियो गर्दैछन्। सिनेमामा अजय मूख्य भूमिकामा राकुलप्रीतसँग जोडी बाँधेर देखिनेछन्।
सिनेमामा दुबै एकै दृश्यमा हुने छन् कि छेनन् योचाँहि प्रतिक्षाको विषय भएको छ।
स्मरनीय रहोस् अजय अभिनित 'काल' सिनेमामा शाहरुखले एक आइटम गीतमा नाचेका थिए।