पछिल्लो समय दक्षिण भारतीय फिल्मले बजार तताएको छ। यद्यपी बलिउडले पनि थुप्रै हिट फिल्म दिइसकेको छ।
फिल्म सफल बनाउन कलाकारको मात्रै होइन क्यामेरा पछाडि काम गर्ने निर्देशकको ठूलो भूमिका हुन्छ। यसैबीच बलिउड लाइफले बलिउडका सबैभन्दा महँगा केही निर्देशकहरूको पारिश्रमिक बारे लेखेको छ।
हेर्नुहोस् कसले कति लिन्छन् पारिश्रमिक
सञ्जय लीला भन्साली
सञ्जय लीला भन्सालीले धेरै चर्चित फिल्म दिएका छन्। जसमा पद्मावत, देवदास, बाजीराव मस्तानी जस्ता फिल्म पर्छन्। भन्साली फिल्म निर्देशन गर्न पैसा लिदैनन्, कमाईको केही निश्चित हिस्सा लिन्छन्।
मणिरत्नम्
मणिरत्नम् बलिउडमा मात्र नभई सम्पूर्ण फिल्म उद्योगका सबैभन्दा ठूला निर्देशक हुन्। उनले बलिउडलाई दिल से, रोजा, युवा र गुरू जस्ता क्लासिक फिल्म दिएका छन्। उनले एउटा फिल्मका लागि १० करोड भारू लिन्छन्।
रोहित शेठ्ठी
रोहित शेठ्ठी आफ्नो एक्सन फिल्मका लागि चिनिन्छन्। गोलमाल, चेन्नई एक्सप्रेस, सिंघम् जस्ता फिल्म निर्देशन गरेका रोहितले एउटा फिल्मको करिब २० करोड पारिश्रमिक लिन्छन्।
एआर मुरूगादास
एआर मुरूगादास दक्षिणी सिनेमाका साथै बलिउडका केही फिल्म निर्देशन गरेका छन्। उनले बलिउडलाई गजनी, होलिडे, दरबार जस्ता फिल्म दिएका छन्। उनले एउटा फिल्मको करिब १५ करोड भारू पारिश्रमिक लिन्छन्।
प्रभु देवा
प्रभु देवा एक अभिनेता, नर्तक र निर्देशक पनि हुन्। उनले बलिउडलाई राधे जस्ता चलचित्र दिएका छन्। प्रभु देवाले एउटा फिल्म निर्देशन गर्न करिब ८ करोड भारू लिन्छन्।
राजकुमार हिरानी
यो सूचीमा राजकुमार हिरानीको नाम पनि परेको छ। उनले थ्री इडियट्स, पिके र मुन्नाभाइ जस्ता हिट फिल्म दिएका छन्। राजकुमार हिरानीले एउटा फिल्मको लागि १४ देखि १५ करोड भारू लिने गर्छन्।
करण जोहर
करण जोहरले एउटा फिल्म निर्देशनका लागि १२ करोड भारू लिने गर्छन् । उनी आफ्नो फिल्मलाई फरक स्तरमा लैजान खोज्छन्।