बलिउड अभिनेत्री प्रियंका चोपडा हालै ६९ औंं एमी अवार्ड शो मा सहभागीता जनाउन पुगेकी थिइन्। शो मा उनको भव्य प्रवेश भएको थियो । उनी डिजाइनर गाउनमा सजिएकी थिइन् र निकै सुन्दर देखिएकी थिइन्।
प्रियंकालाई लस एन्जलसको माइक्रोसफ्ट थिएटरमा १७ सेप्टेम्बरमा एंथीन एंडरसनसँग आउटस्ट्यान्डिङ भेराइटी टक सीरीजको अवार्ड पेश गरिएको थियो। तर शो सञ्चालकले प्रियंकाको नाम नै गलत बोलाए। उनले प्रियंका चोपडालाई प्रियंका चोपा नाम ले बोलाए। तर प्रियंकाले गलत नाम बोले पनि कुनै प्रतिक्रिया दिइनन्।
त्यसपछि प्रियंकाको फ्यानहरुले सञ्चालकमाथि निकै रिस पोखेका छन्। उनीहरुले प्रियंकाको गलत नाम लिने व्यक्तिलाई सामाजिक सञ्जालमा निकै गालि गर्दै आफ्नो आक्रोश व्यत्त गरेका छन्।