बलिउडमा कलाकारलाई लामो समयसम्म टिकि राख्न निकै ठूलो मिहेनत गर्नुपर्छ। तर कहिलेकाँही जति मिहेनत गरेपनि कलाकारलाई टिक्न सजिलो भने छैन। बलिउडमा मिहेनतसँगै कलाकारहरु भाग्यलाई पनि ठूलो मान्छन्। आज बलिउडमा लामो समय देखि राज गरेका केही सिमित स्टारहरु छन्।
जसले आजसम्म आफ्नो फ्यालाई मनोरन्जन दिन कुनै कसर छाडेका छैनन। जसमा सलमान खान, शाहरुख खान, आमिर खान, अक्षय कुमार, अजय देगवन आदि वर्षौंदेखि बलिउडमा आफुलाई टिकाइराख्न सफल छन्। अभिनयसँगै उनीहरुले आफ्नो स्वास्थ्य र फिटनेसमा पनि निकै मिहेनत गर्दै आएका छन्।
बलिउडमा यस्ता अभिनेता छन्, जो फिल्म क्षेत्रमा आएर हिट त भए तर आफ्नो नामलाई जोगाइराख्न सकेनन् र बलिउडबाटै गायब भए।
चन्द्रचुड सिंहबलिउडमा एक समय थियो जब चन्द्रचुडलाई चक्लेटी व्वायको नामले चिनिन्थ्यो। सन् १९९६ मा उनले फिल्म 'तेरे मेरे सपने' बाट आफ्नो फिल्मी करिअरको सुरुवात गरेका थिए। फिल्म 'माचिस'को लागि चन्द्रचुडले फिल्मफेयर अवार्ड प्राप्त गरेका थिए। त्यसपछि उनले फिल्म 'क्या कहेना', 'जोस' र 'दागः द फायर' जस्ता हिट फिल्ममा काम गरे। करीब दर्जन फिल्म खेलेर चन्द्रचुड एकाएक गायब भए।
सन् २००० मा चन्द्रचुडको एक भयानक दुर्घटना भयो। उनी गोवामा डुंगा चलाईरहेको बेला दुर्घटना हुँदा उनी घाइते भए। त्यसपछि चन्द्रचुडको करिअर धरापमा पर्यो। उक्त दुर्घटनाबाट निस्कन उनलाई १० वर्ष समय लाग्यो। उनको आर्थिक अवस्था पनि निकै खराब हुन थाल्यो। सन् २०१२ उनले फिल्म 'चार दिन के चाँदनी' बाट कमव्याक गरे तर फिल्म फ्लप भयो। त्यसपछि उनी सिरियलमा काम गर्न थाले तर अभिनेताको रुपमा उनलाई सबैले विर्सिदिए।
फरदिन खानसुपरस्टार फिरोज खानका छोरा फरदिन खान पछिल्लो समय निकै मोटो तौलको अवस्थामा सार्वजनिक भएका थिए। आफ्नो मोटोपनको कारण फरदिन खानलाई सामाजिक सञ्जालमा निकै उडाइएको थियो। तर उनीहरुले विर्सेका थिए कि उनी कुनै समयको ‘चार्मिङ हिरो’ फरदिन खान थिए।
९० को दशकमा फरदिनले फिल्म 'प्रेम अगन'बाट सुपरहिट डेब्यू गरेका थिए। उनको पहिलो फिल्म नै फिल्म फेयरको बेस्ट डेब्यू अवार्ड दिलाउन सफल भएको थियो।
उनको अभिनयलाई पनि निकै रुचाइएको थियो। त्यसपछि उनले 'ओम जय जगदिश', 'हे बेबी', 'अल द बेस्ट' जस्ता फिल्ममा काम गरे। तर अचानक फरदिनले फिल्मबाट ब्रेक लिए र बलिउडबाट गायब भए। मोटोपनको कारण अहिले फरदिनको रुप नै फेरिएको छ। जसबाट उनले फिल्ममा काम पाउने कुरै भएन।
हरमन बबेजाबलिउडमा ऋतिक रोशन जस्तै देखिने हिरो भनेर नाम कमाएका अभिनेता हरमन बबेजा बलिउडमा डेब्यू गर्ने वित्तिकै निकै चर्चामा आएका थिए। उनलाई ऋतिक रोशनको टक्करको अभिनेता मान्न लागिएको थियो। उनको रुप र नृत्य ऋतिकको भन्दा कम थिएन।
उनी र अभिनेत्री प्रियंका चोपडाबिचको प्रेम सम्बन्धले बलिउडमा तरंग ल्याइदिएको थियो।
धेरै समयदेखि बलिउडबाट गायब भएका हरमनको अहिले खोजी नै हुन छाडेको छ। उनी फिल्म 'ह्वाट्स योर राशी', 'लब स्टोरी २०५०' र 'ढिशक्याउँ' जस्ता फिल्ममा देखिएका छन्।
उदय चोपडासन् २००० मा रिलिज भएको शाहरुख खान र महानायक अमिताभ बच्चनको फिल्म 'मोहब्बतें'बाट उदय चोपडाले डेब्यू गरेका थिए।
बलिउडका प्रख्यात फिल्ममेकर यश चोपडाका छोरा उदयले 'धुम' सिरीजको ३ वटै फिल्ममा काम गरेका थिए। ४ वर्षदेखि उनी बलिउडबाट टाढा छन् र उनको हुलियाले उनी चिन्नै नसक्ने अवस्थामा छन्।
कुमार गौरवअभिनेता कुमार गौरव सन् १९८१ मा आएको फिल्म 'लब स्टोरी'बाट डेब्यू गरेका थिए। उक्त फिल्म त्यो दशककै सुपरहिट फिल्म बनेको थियो। त्यसपछि उनले फिल्म 'तेरी कसम'मा काम गरे। आफ्नो सुन्दर रुप र अभिनयको कारण उनी एकाएक बलिउडमा चर्चामा आए। तर समयसँग कुमारको फिल्म चल्न छाडे।
तर पाँच वर्षपछि उनी महेश भट्टको फिल्म 'जन्म' र 'नाम' बाट कमब्याक गरे। अब उनको फिल्म हिट भयो। समिक्षकले पनि उनको अभिनयको प्रसंसा गरे। तर उनी फेरि बलिउडबाट गायब भए। अहिले उनी निकै उमेरका भएका छन्।
राहुल राय१९९० मा सुपरहिट म्यूजिकल ड्रामा फिल्म 'आशिकी' बाट अभिनेता राहुल रायलाई आफ्नो पहिचान मिल्यो। यस फिल्मपछि उनी रोमान्टिक, लवर व्वाय जस्ता नामले चिनिन थाले।
तर 'आशिकी' पछि उनको जादु घट्न थाल्यो र बलिउडबाट टाढिन थाले। उनले पहिलो फिल्म त दर्शक ६ महिनासम्म हलमा हेर्न पुगेका थिए। तर उनको लगभग २५ फिल्मले बलिउडमा कुनै चमत्कार देखाउन सकेन। र उनको करिअर नै धरापमा पर्यो।
अहिले राहुलले केही फिल्ममा निर्देशनको काम सुरु गरेका छन्। उनले राहुल राय प्रोडक्सन हाउस पनि बनाएका छन्। उनी कहिलेकाँही बलिउडको पार्टीमा पनि देखिने गरेका छन्।
यो पनि पढ्नुसु।
निर्देशक लेख टन्डनको निधन, शाहरुखलाई दिएका थिए पहिलो ब्रेक!३५ किलोको वजन उठाएपछि दीपिका बनिन् पद्मावती रानी!यौन शोषणको आरोपपछि अोस्कार बोर्डको सदस्यबाट निर्माता हार्वी विंस्टन बर्खास्त