अंग्रेजीमा ‘इव्स ड्रपिङ’ भनिन्छ शायद। अरूले कुरा गरिरहँदा कुनै अन्जान ब्यक्ति या परीचितले कान ठाडो पारेर सुन्नुलाई ‘इव्स ड्रपिङ’ भनिन्छ।
म यसो गर्ने मान्छे होइन। अरूको ब्यक्तिगत जिन्दगीमा चासो राख्दैन। केही समय पहिले नियतबस नभएर मैले दुई युगल जोडीलाई पार्कमा बसेर कुरा गरिरहेको सुनेँ।
जसरी नचाहेर पनि गाडीको हर्न सुनिन्छ त्यसरी नै मैले पनि उनीहरूबीचको संवाद सुनेँ।
मेरा लागि उनीहरूको संवाद अनौठो थियो। सायद फास्टफुडको दुनियाँमा यसलाई अनौठो मानिन्न।
संवादको क्रममा युवकले युवतीलाई प्रेम गर्ने तर, घरजम गर्न नसक्ने बताउँदै थिए।
यस्तै दृश्य केही दिनपछि मैले एउटा रेस्टुरेन्टमा देखेँ। एक युवती चर्को स्वरमा फोनमा कुरा गर्दै थिइन्। ‘म मेरी साथीसँग कुरा गर्दै थिएँ त्यसैले फोन बिजी थियो। तिमीलाई म जो सुकै सँग कुरा गरौं के मतलब? ल ब्रेक अप,’ यति भनेर उनले फोन राखिन्।
मोबाइलमा म्यासेजको आवाज आइ रहेको थियो। उनी रिसले रातो पिरो भइन्। यतिकैमा एउटा युवक आयो, उनलाई अंकमाल गर्यो त्यसपछि ती दुई जना बाहिर निस्किए। म हेरिरहेँ। मानौं, शब्द निशब्द भए।
मैले पनि प्रेम नगरेको होइन। मेरो प्रेम असफल भयो। किनकि, यो एकतर्फी थियो। तर, मैले देखेका यी दृश्यले मलाई प्रेमको अर्थ बुझाउँदै थियो।
मैले देखेका यी दृश्य मेरो प्रेमको परिभाषा भित्र पर्दैनथे त्यसैले म ‘भ्यालेन्टाइन डे’ मनाउँदिन।
प्रेमको दिन हुँदैन। प्रेम सदावहार हुन्छ। बिना शर्त हुन्छ। बिना स्वार्थ हुन्छ। आजकल सजिलो छ, प्रेम ब्यक्त गर्न, हात र एउटा फोन भए पुग्छ। चाहे दिल होस् या नहोस्। तोड्न पनि त्यति नै सजिलो छ। मोबाइल फोन हराउँदा मान्छे मरेझैं रोएको देखिन्छ, प्रेम हराउँदा एउटा पीडाको रेखा पनि अनुहारमा देखिन्न।
यो हो हाम्रो समाजको बद्लिदो तस्बिर।
आज मानव हरेक कुराको मोल तोल र हिसाब गर्छ। जसलाई जीवनले यति हिसाब सिकाएको होस् उसका लागि प्रेम पनि हिसाब नै हो।
पाठकलाई सन्दर्भ बेगर प्रेमको कुरा किन गरिरहेको भन्ने लागेको होला। त्यसो पक्कै होइन। म भ्यालेन्टाइन डे मनाउदिन अघिनै भनिसकेँ। मेरो लागि जनवरी ६ तारिख नै प्रेम दिवस हो।
आजकै दिन महान गायक अरूण थापाको जन्म भएको थियो। दुब्ला पातला रक्सी र दुर्व्यसनीमा डुबेका अरूण थापा नेपाली सांगीतिक आकासका नक्षत्र हुन्।
उनी रक्सी, दुर्व्यसनीमा किन डुबे? उनी रक्सीमा होइन प्रेममा डुबेका हुन्। जसले साँचो प्रेम गर्छ उसले एउटैलाई मात्र देख्छ। उसलाई बाहेक अन्यलाई प्रेम गर्न सक्दैन।
यही आदर्श प्रेमको नतिजा एउटा महान गीतले जन्म लियो। अरूण थापाले शब्दको मोती उमारे। जसको हरेक शब्दमा जादु छ। मन्त्रझैं जप गर्न योग्य छ। त्यसैले म यो गीतका शब्द यहाँ उतार्न चाहन्छुः
ऋतुहरूमातिमी, हरियालीवसन्तहौ।
नदीहरूमातिमीहो, पवित्रगंगाहौं।
निर्दोषछन् ती तिम्रा, हत्केलाहरू।
तर,मायालेभरिएकाछन् औलाहरू।
पवित्रछन्तिम्रा, लाजकागहना।
तर,चाहनालेभिजेकाछन्, ओठहरू।
हावाहरुमातिमी, शीतलपवनहौ।
नदीहरुमातिमीहो, पबित्रगंगाहौ।
प्रकृतिलेमलाईजन्मदिएकी,
तिम्रोसिउँदोमासिन्दुरभर्न।
सरस्वतीलेकलमथमाएकि।
तिम्रोसुन्दरताकोसधैँ, बयानगर्न।
फूलहरूमातिमी, कोमलगुलावहौ।
नदीहरूमातिमीहो, पबित्रगंगाहौ।
ऋतुहरूमातिमी, हरियालीवसन्तहौ।
नदीहरूमातिमीहो, पबित्रगंगाहौ।
यस गीतमा प्रयोग गरिएका उपमाहरूले मन मस्तिस्क र शरीरलाई सफा पार्छ। नारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने सामर्थ्य राख्छ। नारी शक्ति र सशक्तिकरणयो युगमा नारीको यो भन्दा परिष्कृत र इमान्दार सम्मान केही हुन सक्छ र?
बीबीसीको एक सर्वेक्षणले सन् २००३ मा यस गीतलाई विश्वकै शीर्ष १० प्रेम गीत घोषित गर्यो। म संगीतलाई भोट र सर्वेक्षणसँग जोड्दिनँ। मेरा लागि यो गीत युगकै महानतम् गीत थियो।
नोबेल पुरस्कार बिजेता चिलीका महान कवि पाब्लो नेरूदाले जब आफ्नो कविता ‘आइ लव यू’ मा भने- मेरो छातिमा भएका तिम्रा हात तिम्रा नभई मेरा हुन्, जब जब मेरा आँखा बन्द हुन्छन् तिमी निदाउँछौं।
प्रेमले एउटा नयाँ उचाइ पायो। मेरा लागि अरूण थापा को यो गीत पाब्लो नेरूदाको कविताभन्दा कम थिएन। संयोग भनौं जुन साल पाब्लो नेरूदाले साहित्यमा नोबेल पुरस्कार पाए त्यही साल सन् १९७१ मा अरूण थापाले रेडियो नेपालमा आफ्नो पहिलो गीत रेकर्ड गराएका थिए।
कलेजका दिनमा प्रेम गर्न पुगेका अरूण थापा बिछोडले यति घाइते भएकि, ‘जती कसम खाए पनि..., चोट के हो..., जस्ता मर्मस्पर्शी गीत गाए।
३० वर्षे गायन जीवनमा दर्जनौं गीत गाए। उनले प्रेमीहरूका आँखामा मात्र नभई करोडौं श्रोताका आँखामा आँसु ल्याए। घाउमा मल्हम लगाए। प्रेमलाई उत्सव बनाए। फोक्सो लिवर र अन्य रोगले ग्रस्त अरुण थापाले ४७ वर्ष को अल्पायुमै संसारबाट बिदा लिए। तर प्रेमलाई अमर बनाएर गए।
आज न्यूयोर्कको हिमाल याकमा फिरोज स्याङ्देन, प्रज्वल बज्राचार्य र राजेन्द्र कर्णले ‘जति माया लाए पनि..., ऋतुहरूमा तिमी..., आँखाको निद..., म रोए पनि तिमी हाँसी दिनू..., जस्ता गीत गाएर अरूण थापालाई श्रद्धाञ्जली दिँदैछन्।
उनको पिडादायी मृत्यु मलाई भुलौं भुलौं लाग्छ तर अरूण थापालाई भुल्न सकिन्छ र?
त्यसैले म जनवरी ६ लाई प्रेम उत्सवको रूपमा मनाउँदै छु। म जाँदैछु न्यूयोर्कको हिमाल याकमा जहाँ आज यस् महान श्रजकलाई याद गरिँदै छ।