यो चेतना जन्मँदा औंसीको रात थियो। प्रकाशको किरणले स्पर्श गर्न थाले। तर पूर्णिमा धेरै दिनलाई नरहने रैछ।
यो कालो सेतो चेतनाको द्वन्दे जुहारी कहिलेसम्म?
स्वस्थानीका कथामा दैत्यले देवतामाथि विजय प्राप्त गरेर धर्ती, स्वर्ग, र नर्कमा आफ्नो साम्राज्य स्थापित गरेको कथा नपढ्ने विरलै कोही होला। इन्द्रले हारे शिव गुहार्थे। इशुको साम्राज्यमा शिव शैतान कहलाउँछन्। शिवले हारे को गुहार्ने?
आफू बसेको समाज हेर्दा तपाईँलाई कस्तो लाग्छ?
जहाँ तपाईँ जेफ बेजोसको सम्पन्नता, म्यान्ह्याटनका गगनचुम्बी भवन, विज्ञानका अलौकिक चमत्कार, र मंगलग्रहमा पर्यटकीय यात्राका सम्भावना देख्नुहुन्छ, त्यहीं म विश्वको आधा जनसंख्या गरिबीको रेखामुनी देख्छु। सिरियाको भत्केको भवनहरू देख्छु। विज्ञानलाई हराउँदै अट्टहास गर्ने क्यान्सर देख्छु। येमनमा खान नपाएर ख्याउटिएका बच्चाहरु देख्छु।
यो न आधा भरिएको गिलास हो न आधा खाली गिलास। यो विस भरिएको पानी हो। जसलाई यो सभ्यता कोकाकोलाको नाममा आफ्नो प्यास मेटाउन लालायित छ।
कालो चेतनाको स्वराजमा सभ्यता कोकाकोला जस्तै मीठो हुन्छ। चढ्नलाई चिल्ला कार हुन्छन्। लगाउनलाई डिजाइन डिजाइनका घुँडामा फाटेका जिन्स पनि हुन्छन्।
खानलाई स्वादिलो गाईको मासुका अनगिन्ती परिकार हुन्छन्। ह्वाइट वाइनदेखि ब्ल्याक लेबलसम्म सबै हुन्छन्।
हामी जतिसुकै स्वस्थानी पाठ गरौं। जति सुकै मन्दिर गएर भक्ति गरौं हाम्रो सभ्यता आज ईश्वर भन्दा टाढा छ। हामी मन्दिर गएर जन्मदिनमा दियो बालेर ईश्वरको आशिर्वाद लिन जाने प्रचलनबाट बत्ती फुकेर बर्थडे मनाउन थालिसक्यौं। हामी सुरा र सुन्दरीबाट पर रहनु पर्छ भन्ने संस्कारबाट ब्रतबन्धको उत्सवमा मदिरा सर्भ गर्दै डिस्को डान्स गर्न थालिसक्यौं।
हामी राग र अलंकारको सृजना गर्ने संस्कारलाई बिर्सिएर आज र्याम्पमा रमाउन थालिसक्यौं। यसलाई सेतो चेतनाको पतन भनौं वा कालो चेतनाको प्रभुत्व, यो असत् साम्राज्यको प्रमाण नै हो।
वियरको बोतल हाम्रो घर घरमा छ। मासुको परिकार विना हाम्रो जिब्रोले स्वादै लिँदैन। गाँजाको विरूवा बारीमा रोप्न अब कसैले रोक्दैन। हाम्रा साना साना नानीहरु टेलिभिजनमा चरम कामुकता मात्र होइन पाशविक समलिंगी प्रेमका भावहरु हेर्दै ठूला हुन्छन्। यो सभ्यता नर्कको बाटो लागिसकेको छ।
कोकाकोलाको स्वाद बसेको जिब्रोलाई पानी खल्लो हुन्छ। कालो चेतनाको सभ्यतामा बसेका मनुवाहरुलाई सेतो चेतनाको सभ्यता चिनाइदिने हो भने त्यो पानी भन्दा पनि बढी खल्लो हुन सक्छ।
धर्तीलाई सूर्यको र मानव सभ्यतालाई ईश्वरको कति सामिप्यता दिने भन्ने निर्णय त प्रकृतिले गर्नुपर्ने हो तर सूर्यको चेतना सुताउने सामर्थ्य राख्ने इशुको साम्राज्यमा जसरी नोटमा अधर्म बिकिरहेको छ त्यसले हामी र ईश्वर बीचको दुरीमा अझ बढी फाटो ल्याउनेछ।
ईश्वरलाई मान्छेले लुगा लगाए नलगाएको फरक पर्छ कि पर्दैन भन्न सक्दिनँ। तर, यो ब्रम्हचेतनालाई न खाली गाग्रो मन पर्छ न घुँडामा फाटेको जिन्स।खाली गाग्रोले साइत विगार्छ। फाटेको जिन्सले तक्दिर। मानवताको तक्दिर।