भूमिका
आमाको दूध अमृतसमान मानिन्छ। जुन सन्तानले आमाको दूध खान पाएका हुँदैनन्, भनिन्छ ती सन्तानहरू शारीरिक तथा बौद्धिक दृष्टिकोणले त्यति सक्षम हुँदैनन्। आजका आमाहरूले आफ्नो शारीरिक तेजलाई यथास्थानमा राख्न वा सदा स्वस्थ्य रहने बाहनामा आफ्ना सन्तानलाई आफ्नो स्तनपान नगराउने र उनीहरुलाई ल्याक्टोजिनजस्ता पदार्थहरूको प्रयोग गराउँदै आएका व्यवहारमै देख्न पाइन्छ।
अर्को तिर विश्व आज कोरोना भाइरसले आक्रान्त भइरहेको छ र यो कहिलेसम्म रहने हो भत्र सकिने स्थिति छैन। यस्तो विषम् परिस्थितिको बेला स्तनपानका बारेमा केही विचारहरू प्रस्तुत गर्ने प्रयत्न गरिएको छ।
१. कोरोना भाइरस
केही महिना अगाडि देखिएको कोरोना भाइरस (कोभिड-१९) ले संसारका शक्तिशाली र धनीभन्दा धनी मुलुकहरूलाई समेत आक्रान्त पार्दै लाखौंको ज्यान समेत लिइसकेको छ। नेपाल यसबाट अछुतो रहेको छैन। बरू यस्को प्रकोप दिन प्रतिदिन बढ्दै गइरहेकोछ। यसले धनी, गरिब, शक्तिशाली, बेसहारा, सहरको, गाउँको केही पनि भत्रे रहेनछ।
उसको प्रतिकूलतामा जान सकिएन र अनुकूलतामा परियो भने जो कसैलाई पनि यसले अठ्याइ हाल्ने रहेछ। विश्वका कुनै पनि मुलुक अझ आफूलाई शक्तिशाली भत्रे राष्ट्रहरू नै यसको बढी चपेटामा परेका छन् र यसको उत्पत्ति नै एउटा शक्तिशाली राष्ट्र चीनबाट आरम्भ भएको भत्रे थाहा छ।
यतिखेर भारतमा व्यापक रूपमा फैलिएको कोभिड-१९ ले नेपालको खासगरी तराई क्षेत्र बढी आक्रान्त छ भने हाल आएर काठमाडौं उपत्यकामा पनि यसले आफ्नो प्रभाव जमाउन थालेको छ। यो खासगरी भाइरस सङ्क्रमितको श्वासप्रश्वासबाट सर्ने भएकोले को सङ्क्रमित हो र को होइन भत्रे कुरा परीक्षण नगरी स्वयं सङ्क्रमितलाई पनि थाहा नहुने भएकोले यो ज्यादै खतरनाक छ।
तसर्थ, यसबाट बच्नको लागि आफ्नो बानी परिवर्तन गर्दै मुख्यतया तीन वटा मात्र उपायहरू समाजिक दूरी कायम गर्ने, मास्क लगाउने र हात धुनेमात्र गरेमा पनि यसबाट धेरै हदसम्म बच्न सकिन्छ।
२. स्तनपान
स्तनपान बारे हामी सबैलाई थाहा भएकै कुरा हो र हामीले पनि धेरथोर भएपनि स्तनपान गरेरै हुर्कदै आएका छौँ। सामान्यतया कुनै पनि आमाले बच्चालाई अफ्नो दूध चुसाउनुलाई स्तनपान भनिन्छ। स्तनपानको समयको कुरा गर्दा बच्चा जन्मेको १ घण्टाभित्र आमाले अफ्नो बच्चालाई स्तनपान गराइसक्नुपर्छ र जन्मेको छ महिनासम्म आमाको दुधमात्र खुवाउनु पर्दछ।
बेग्लै पानीजस्ता अन्य तरल पदार्थ खुवाउन पनि आवश्यक पर्दैन। छ महिनादेखि कम्तिमा २ वर्षसम्म अन्य खानाको अतिरिक्त स्तनपान गराईरहनु पर्दछ। यसरी आमाको दूधको महत्व हुनुको कारण के छ भने भरखर जन्मेको बच्चाको लागि आवश्यकीय सम्पूर्ण पोषकतत्वहरू प्रोटिन, कार्वोहाइड्रेट र शूक्ष्म पोषणतत्वहरूको अतिरिक्त पानी समेत आमाको दुधबाट प्राप्त हुन्छ।
(साभारः तत्कालीन सुनौला हजार दिन आयोजना। नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय/ विश्व बैंक, नेपाल)
क. संक्षेपमा स्तनपानको महत्व
शिशुहरूको लागि पेटभर्ने आहारा नै आमाको दुध भएकोले उनीहरूको जीवन रक्षाको लागि आवश्यक छ। शिशुहरूको वृद्धि विकासको लागि आमाको दूधबाट सम्पूर्ण पोषकतत्वहरू प्राप्त हुन्छ। बच्चाको करिब ८० प्रतिशत मानसिक विकास ५ वर्ष भित्र नै भइसक्ने हुनाले अन्य खानाहरूको अतिरिक्त स्तनपान पनि आवश्यक पर्दछ।
आमाको दूधमा एन्टिबडीहरू पाइन्छन् जसले बच्चाको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्दछ, र साथै ठूलो भएपछि पनि मानिसहरूको रोग प्रतिरोधात्मक क्षमतामा सहयोग पुग्दछ। आमाको दूध सहज र सरल ढङ्गले प्राप्त हुन्छ र बच्चालाई पचाउन सजिलो हुन्छ।
आमाको दूधबाहेक अन्य बस्तु खुवाउँदा बच्चामा जोखिमको सम्भावना हुन्छ। स्तनपानबाट आमामा शारीरिक र मानसिक जोखिम कम हुन्छ भने दुध खुवाउने समय अवधिभर परिवार नियोजनमा सहयोग पुग्दछ। आमा र बच्चामा आत्मीयता वृद्धि हुन्छ।
ख. स्तनपान गराउने तरिकाहरू
स्तनपान बारे सबैलाई थाहा भए पनि यसको तरिका बारे सबैलाई थाहा नहुने भएकोले संक्षेपमा ती तरिकाहरू चर्चा गर्नु उचित हुन्छ, जो निम्न अनुसार प्रस्तुत छन्ः
बच्चालाई दूध चसाउदा पूरै चुसाउँनु पर्दछ। किनकी आमाको दुधमा सबै पोषक तत्वहरू जस्तै प्रोटिन, कार्बोहाइड्रेट र सूक्ष्म पोषण तत्वहरूको अतिरिक्त पानी समेत एकैचोटि नआएर पटक-पटक गरेर आउने हुनाले बच्चाले सबै पोषकतत्व पाउनाको लागि एउटा स्तन पूरै चुसाएर मात्र अर्को सुरु गर्नु पर्दछ।
स्तनबाट आउने पहिलो दूध जसलाई बिगौती दूध भनिन्छ। बच्चाको रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि यो बिगौती खुवाउनु अत्यावश्यक छ। बच्चालाई स्तनपान गराउने कुनै समय सीमा रहँदैन, बरु उसलाई भोक लागेको बेलामा र दूध खान खोजेको बेलामा दिइहाल्नु पर्दछ।
बच्चालाई राम्रोसँग समाउने ताकी उसको नजर दुधको मुन्टोतिर भइरहोस् र बच्चा र आमाले एक अर्कालाई हेरिरहेको हुनु पर्दछ। आमाको हातका औँलाहरू स्तनको मुन्टोको वरिपरिबाट छुटाउने ताकि औंलाले दूध नछेकोस्, जसले गर्दा बच्चालाई दूध चुस्न सजिलो होस्। दुध चुसाउनको लागि आमाले आफ्नो ढाड, कम्मर ननिहुरिने गरी सिधा राखेर बच्चालाई दुध चुसाउनु पर्दछ ताकि पछि गएर कुप्रिने समस्या नपरोस्।
कहिलेकाहीं आमाले दूध चुसाउँदा निदाएर बच्चा काखबाट खस्ने वा दूध चुस्न छोड्ने पनि हुने गरेको छ। त्यसतर्फ पनि आमाले सर्तक रहनु पर्दछ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमणमा स्तनपान
नेपालमा कोरोना भाइरसको प्रकोप महामारी (प्यान्डेमिक) निरन्तर रूपमा फैलदो छ। यसबाट संक्रमण हुने र मृत्यु हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दोछ। भाइरसको कारणले हुने यो कोभिड-१९ संसारमा पहिलो पटक देखापरकोले यसको स्वरूप, र विशेषता बारे विशेषज्ञहरू पनि अझ अनविज्ञ नै छन् र यो अनुसन्धानकै चरणमा रहेको छ।
यसबाट बच्ने उपायहरूको खोजी भइरहेको बेलामा एउटा विवाद देखा परेको छ कि कोभिड-१९ को संक्रमित आमाले बच्चालाई दूध चुसाउनु उपयुक्त छ कि छैन? यस विषयमा ठोस रूपले यही हो भत्रे जवाफ आइसकेको छैन। स्तनपान गराउने आमाले सफासँग हात धोएर, मास्क लगाएर स्तनपान गराउन सकिन्छ भत्रे एउटा तर्क छ भने बच्चामा भाइरसको असर पर्ने भएकोले स्तनपान गराउन नहुने भत्रे अर्को तर्क पनि छ।
जसरी एचआइभी एड्स सङ्क्रमित आमाबाट स्तनपान गराउदा बच्चामा सङ्क्रमण हुन सक्छ, त्यसरी नै कोरोना भाइरस पनि सर्न सक्छ। अर्कोतर्क यस्तो छ कि संक्रमित आमाबाट प्रत्यक्ष स्तनपान नगराउने बरू पम्प गरेर (एक्सप्रेस मिल्क) बोतलमा राखेर बच्चालाई खुवाउने। यसरी कोरोना भाइरस संक्रमित आमाबाट बच्चालाई स्तनपान गराउने सम्बन्धमा अन्तिम निर्णयको पर्खाइमा रहेका हामीले अब के गर्ने भत्रे प्रश्न अगाडि आएको छ।
निष्कर्ष
माथि चर्चा गरिएका तर्कहरूलाई आत्मसात गर्दै हामीले अब निष्कर्षमा पुग्नुपर्ने भएको छ। तर निष्कर्षमा पुग्नुभन्दा पहिले हामी आफैले बेहोरेका, भोगेका र मेडिकलकै भाषामा पनि के भनिन्छ भने आमा बिरामी छिन् वा अत्याधिक ज्वरो आएकोछ भने बच्चालाई सङ्क्रमण नहोस् भनेर केही समय आफ्नो दूध खुवाउन रोक्नु उचित हुन्छ।
अर्कोतिर माथि उल्लेख गरिएअनुसार आमाको दूधमा एन्टिबडीहरू पाइन्छन् जसले रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि गर्दछ। आमाको दूधबाट बच्चामा एन्टिबडीहरूनै उत्पादन हुने भएकोले सङ्क्रमणको जोखिम नरहनु पर्ने हो। तर बच्चा जन्मेको केही समयपछि बच्चामा भएका एन्टिबडीहरू क्रमशः ह्रास हुँदै जाने भएकोले अतिरिक्त एन्टिबडीहरू प्राप्त गर्न नसकेको खण्डमा बच्चामा सङ्क्रमणको सम्भावना रहन्छ।
अर्कोतिर सङ्क्रमणलाई सहन गर्ने शक्ति बच्चाको शारीरिक स्थिति (तौल, लम्बाई, कति मैनामा जन्मेको) मा पनि भर पर्दछ। कमजोर बच्चामा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ। त्यसरी नै बच्चामा हुने एन्टिबडीहरू आमाको स्वास्थ्य स्थितिमा पनि भर पर्दछ।
यी सबै पक्षको विश्लेषण गर्दा कोरोना भाइरस सङ्क्रमित आमाले सङ्क्रमण अवधिभर सकभर बच्चालाई स्तनपान नगराउनु नै उचित हुन्छ। अतः कोरोनाबाट बच्न र आमा अनि सन्तानलाई स्वस्थ राख्नका लागि उपर्युुक्त सैद्धान्तिक पक्षलाई व्यवहारमा रूपान्तरण गर्नु आवश्यक देखिन्छ।
(लेखक पोषणविद हुन्।)