कर्णाली अनुपम प्राकृतिक सांस्कृतिक तथा सम्पदाको धनी राष्ट्र नेपाल पर्यटन सम्पदाको दृष्टिले विश्वमा अग्रणी मुलुकहरूमा पर्छ। विभित्र जातजाति, धर्म, भाषा, साहित्य, कला संस्कृति रहनसहनकोे सङ्गमस्थल नेपाल कला, संस्कृति एवम् धार्मिक सद्भावका लागि एक उदाहरणीय राष्ट्र मानिन्छ।
यहाँका मूर्त, अमूर्त पुरातात्विक सम्पदा, नाचगान, जात्रा, भेषभुषा, भाषा, कला र संस्कृतिलाई जगेर्ना गर्नु पर्ने देखिन्छ। विश्वमा नेपाली संस्कृति र सभ्यताको प्रवद्र्धन गरी पर्यटन क्षेत्रको विकास तथा साँस्कृतिक क्षेत्रको संरक्षण गर्न सकिने प्रशस्त सम्भावना एकातिर रहेको छ भने अर्कातिर पर्यटन उद्योगको विस्तारबाट राष्ट्रलाई विदेशी मुद्रा आर्जन, रोजगारी वृद्धि, गरिबी न्यूनिकरण र समग्र आर्थिक समुत्रतिका साथै आर्थिक क्षेत्रमा आशा लाग्दो छलाङ्ग मार्न समेत महत्वपूर्ण टेवा पुग्ने देखिन्छ। अर्कोतिर पर्यटन विकासकै माध्यमबाट देशमा सन्तुलित एवम् समावेशी विकास हासिल हुनसक्ने र यसबाट कर्णालीजस्ता पछाडि पारिएका क्षेत्रमा गरिबी न्यूनीकरणमा यथेष्ट योगदान पुर्याउन सकिने सम्भावना देखिन्छ।
कर्णाली क्षेत्र सभ्यता र संस्कृतिको केन्द्रविन्दू, नेपाली भाषाको उद्गम स्थल, भौगलिक विविधता, प्राकृतिक सुन्दरता विभिन्न जातजाति भाषाभाषी भएको, प्राकृतिक साधन र श्रोतले सम्पन्न क्षेत्रको रुपमा समेत परिचित छ। इतिहासको कुनै कालखण्डमा आत्मनिर्भर, आर्थिक सम्पन्नता भएको यो क्षेत्र राज्यबाट घोर उपेक्षाका कारण परनिर्भरताका साथै रोग, भोक, अशिक्षा र अभावको परिचायक बन्न गएको छ भने अर्कोतिर विकास सम्पूर्ण तहमा राष्ट्रिय मूल प्रवाहबाट अलग थलक छ। जब सम्म राज्यका महत्वपूर्ण निकायमा कर्णालीबासीको कार्यकारी भूमिका सहितको प्रतिनिधित्व हुँदैन।
कर्णाली क्षेत्र भौगोलिक बनोट तथा वैकल्पिक यातायातको सुविधाको अपर्याप्तताका कारण पर्यटन क्षेत्रको विकास एवम् विस्तारका लागि केही चुनौतिहरु पनि खडा भएका छन्। सरकारले साच्चिकै हवाई यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, विश्वसनीय एवम् व्यवस्थितका अतिरिक्त बैकल्पिक विमानस्थल बनाई स्वदेशी तथा विदेशी पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्न आवश्यक देखिन्छ।
अर्कोतिर कर्णालीमा क्षेत्रीय स्तरको अन्तराष्ट्रिय विमानस्थलको समेतको उक्तिकै जरुरी देखिन्छ जस्ले गर्दा छिमेकी मुलुक चीन र भारतको पर्यटकहरुलाई भित्याउन सजिलो मार्ग बन्न सक्छ। साथै आन्तरिक पर्यटकहरूका लागि सरकारले पर्यटकीय सिजनका लागि कम्तीमा पाँच वर्षसम्मका लागि हवाई यातायातको विषेश प्याकेजको व्यवस्था गरी टिकट दरमा समेत विषेश सहुलियत प्रदान गर्न आवश्यक छ। जबसम्म आन्तरिक पर्यटक चाप बढ्दैन तबसम्म बाह्य पर्यटकहरूलाई पनि यसको सूचना अपुग हुन्छ।
केन्द्रिय तथा प्रदेश सरकारले दिगो पर्यटन विकासका लागि पर्यटन क्षेत्रमा मात्र भएपनि भूगोललाई आधार मानेर वार्षिक बजेटको बाँडभाड गर्नु आवश्यक देखिन्छ भने अर्कोतिर कर्णालीमा पर्यटनका मुख्य केन्द्रको पहिचान छिटै गर्न आवश्यक छ।
कर्णाली प्रदेशः पर्यटन सम्भावनाको खानी
कर्णालीको आभूषणको रूपमा रहेका से—फोक्सुन्डो, राराताल र नेपाली भाषा तथा सभ्यताको उद्गम स्थल जुम्लाको सिंजा उपत्यका र कालिकोटको रास्कोट, पञ्चदेवल, विश्वकै अग्लो मानिएको पाचाल झरना आदि नेपालको प्राकृतिक सम्पदाका एउटा परिचय हुनसक्छन भने हुम्ला विश्वका हिन्दू तथा बौद्ध तीर्थ यात्रीहरु र मानसरोवरका लागि गतिलो प्रवेशद्वार बत्रसक्छ।
त्यसैगरी डोल्पामा अवस्थित नेपालको सर्वाधिक उचाईमा रहेको मानव वस्ती भोट र मुगुको मुगु भोट पनि पर्यटकीय दृष्टिकोणले उत्तिकै सम्भावना बोकेका रमणीय स्थानका साथै अध्ययन तथा अनुसन्धान गर्न चाहनेका लागि पनि एक उत्कृष्ट गन्तब्य हुन्। साँच्चिकै सरकारले कर्णाली पर्यटन विकासका लागि छुट्टै सरकारी स्तरिय कर्णाली पर्यटन बिकास बोर्ड जस्तै संयन्त्रको मात्र विकास गर्ने हो र त्यो निकायले तन मनका साथ काम गर्ने र योजना बनाउने हो भने हुम्लाको लिमी र मुगुको करानक्षेत्र अर्को मनाङ, मुस्ताङ र नगरकोट जस्तो पर्यटकको भिड लाग्न सक्छ।
कर्णाली प्रदेशको पर्यटकीय सम्भावनालाई केलाउने हो भने तत्कालका लागि पद यात्रा र साहसिक पर्यटन नैे बढी आकर्षण देखिन्छ। कर्णाली नदिको पश्चिमी किनाराबाट सुरु भएको पदयात्रा पर्यटकको इच्छा अनुसार जहाँ पनि जानसक्छ। नदीको किनारै किनार उत्तरी क्षेत्र हुम्ला, मुगु र पूर्व डोल्पा जिल्लाका साथै सुर्खेत र दैलेख लगायत यो प्रदेशका बिभिन्न भू–भागको यात्रा गर्न सकिन्छ। जहाँ प्रमुख पर्यटकीयस्थलका अतिरिक्त विविध ग्रामिण परम्परागत संस्कृतिको अवलोकन सकिने अवस्था छ।
कर्णालीमा पर्यटन विकासका लागि मुख्य ध्यान दिनु पर्ने कुराहरुः
- कर्णालीका मूर्त र अमूर्त साँस्कृतिक सम्पदाहरूको संरक्षण र संवद्र्धन गर्ने स्थानीय निकायहरू र स्थानीय पर्यटन उपभोक्ता समूहहरूलाई क्रियाशील र सक्रिय सहभागी बनाउन आवश्यक देखिन्छ। प्रदेश सरकारका तर्फबाट कर्णालीमा १ घर १ कोसेली भन्ने नाराका साथ ग्रामीण क्षेत्रमा रहेका सिप क्षमताको विकास तथा प्रर्वद्धन गर्न अत्यावश्यक छ।
- कर्णाली प्रदेशका दशवटै जिल्लाहरुमा प्राकृतिक, साँस्कृतिक सम्पदा तथा पर्यटकीय क्षेत्रको विस्तृत अध्ययन गरी एकिकृत गुरुयोजना तयार गरी तिनको संरक्षण तथा संवद्र्धनका अतिरिक्त प्रचार—प्रसारको आवश्यक छ। यसका अतिरिक्त रारा र शे—फोक्सुण्डो क्षेत्रलाई केन्द्रविन्दुमा राखेर कर्णालीको भौतिक पूर्वाधार विकास र योजना बनाउन आवश्यक छ।
- कर्णाली प्रदेशमा रहेका सुर्खेत र जुम्ला विमानस्थल विस्तारका साथै अत्याधुनि संचार तथा उयन सहायक उपकरण जडान, एयरफिल्ड लाईटिङ्ग उपकरण जडान गरी रात्रीकालिन उडान सेवा सचालनका लागि उपर्युक्त बनाइनु आवश्यक छ भने मुगु जिल्ला र डोल्पामा बैकल्पिक एयरपोर्ट बनाइनु आवश्यक छ। साथै कर्णालीमा नेपालगंञ्ज, सुर्खेतबाट मात्र हवाई उडान संचालन हुदै आएकोमा काठमाडौ, भैरवा, पोखरा र धनगढीबाट अतिरिक्त उडान गर्न आवश्यक देखिन्छ।
- पहिलो चरणमा कर्णालीका पर्यटन बजारका सम्भाव्य मुलुकहरू भारत र चीनलाई केन्द्रित गर्नुका साथै अन्य क्षेत्रीय मलुकहरू जापान, सिङ्गापुर, मलेसिया, थाइल्यान्ड, बङ्गलादेश र भुटान आदिमा पर्यटन प्रवद्र्धन सम्बन्धि यस क्षेत्रका गतिविधिको प्रचार—प्रसार गर्नु आवश्यक देखिन्छ। त्यसपछि विश्वका अन्य मुलुकसँग पनि यो क्रमलाई व्यापकरुपमा जोड्नुपर्ने आवश्यकता देखिन्छ।
- कर्णालीमा मुख्य पर्यटन केन्द्रहरू तत्काल निर्धारण गरी यी क्षेत्रमा पर्यटन गुरुयोजनाले निर्धारण गरेका क्षेत्रहरुमा पूर्वाधार विकासका लागि एकीकृत कार्यक्रमहरू गर्न कर्णाली पर्यटन विकास बोर्ड तथा नेपाल पर्यटन बोर्डको शाखालाई सक्रिय बनाउन आवश्यक छ।
- कर्णाली क्षेत्रमा काम गर्ने पर्यटन सँग सम्बन्धि संघ संस्थाहरुको मुख्य काम भनेको पवित्र तपोभूमि हिमालको काखमा अवस्थित प्रकृतिको वरदान कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा फैलाउन आवश्यक छ। अर्कोतिर यसबाट प्राप्त आयस्रोतलाई यहाँ अभाव र पीडामा पिल्सी रहेका मूलतः कर्णाली क्षेत्रको ग्रामीण जनताको जीवनस्तर उठाई गरिबी निवारणमा केही महत्वपूर्ण योगदान दिन सक्नु पर्छ। यसरी एउटा बहुउद्देश्यीय दीर्धकालिन सोच र योजना लिएर काम गर्न जरुरी छ। नेपालको अर्थतन्त्रमा पर्यटन उद्योगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले मौजुदा कर्णालीको सम्पदा, कला र संस्कृतिको सकेसम्म बढी समन्वयात्मक प्रस्तुति सहित पर्यटकहरुलाई गुणात्मक सेवा एवं सुविधा उपलव्ध गराउदै कर्णाली बसाई लम्ब्याउनका साथै ती विकट गाउँ—गाउँ तर्फ आकर्षणका लागि विषेश योजना सहित नेतृत्व गर्न आवश्यक छ।
- कर्णालीका पर्यटकीय तथा साँस्कृतिक सम्पदाबारे प्रचार—प्रसार गर्न अन्तर्राष्ट्रियस्तरका बैठक, आप्रवासिहरुका सम्मेलन कर्णाली क्षेत्रमा नै गरिनुका साथै पर्यटन उद्योगको विविधिकरणका लागि स्थानीय स्तरमा चेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरी ‘कर्णाली भ्रमण दशक २०२१—२०३०’ को आयोजन हुनु जरुरी छ। यही अवसर पारेर सरकारका तर्फबाट कर्णालीमा एक घर एक अर्गानिक बस्तु उत्पादन भन्ने नाराका साथ ग्रामीण क्षेत्रमा रहेका सिप क्षमताको प्रर्वद्धन तथा आर्थिक उर्पारजनको बाटो देखाउन आवश्यक देखिन्छ।
- जुम्लाको सिंजा, डोल्पाको साल्दाङ्ग र मुगुको करान भोट जस्ता ठाउँमा रहेको महत्वपूर्ण पुरातात्विक सम्पदा र सँस्कृतिकोे संरक्षण तथा त्यस क्षेत्रमा न्यूनतम् पूर्वाधारको विकास गरेर ती ठाउँहरुलाई सरकार द्धारा संरक्षित तथा खुल्ला संग्रालयको रुपमा विकास गरी आन्तरिक तथा बाह्रय पर्यटकलाई भित्राउँन यी क्षेत्रको विषेश गुरुयोजना साथ प्रर्वद्धन र प्रचार—प्रसार गर्ने हो भने विश्व पर्यटन बजारको आकर्षक केन्द्रविन्दूमा पर्न सक्छन्।
- कर्णाली प्रदेशका पर्यटकीय आर्कषणका स्थलहरुमा बढि भन्दा बढि पर्यटक भित्रयाउन यस भू–भागमा भौतिक पूर्बाधारको विकास हुनु आवश्यक हुन्छ। यस सन्दर्भमा पर्यटन विकासका निमित्त आवश्यक पूर्वाधारको कसले व्यवस्था गर्ने भत्रे सवाल प्रमुख छ। त्यसका लागि तत्काल नेपाल सरकारले कर्णालीको पर्यटन विकासको क्षेत्रमा लगानी गर्ने व्यक्ति संघ, संस्था वा कम्पनीलाई १० देखि १५ वर्ष सम्म कर पूर्णरुपमा छुट वा लगानी कत्र्तालाई निव्याजी आर्थिक अनुदान दिएर लगानीकर्तालाई आकर्षण गर्न पहल गर्नु पर्दछ भने अर्कोतिर सरकारले आफ्नो संयन्त्र तारा गाउँ विकास समिति मार्फत पनि अति सम्भाव्य कर्णालीका पर्यटकीय केन्द्रमा राम्रा खालका होटल तथा लजको निमार्ण गर्न आवश्यक छ।
- कर्णाली प्रदेशमा रहेका स्थानीय निकायहरु र प्रदेश सरकारले आवश्यक भौतिक पूर्वाधारको विकासका लागि विषेश ध्यान दिन आवश्यक छ भने कणालीवासीले आफ्नो वरिपरिको वनजङ्गल, धार्मिक तथा साँस्कृतिक महत्वका स्थान, पुरातन वास्तुकला र मौलिक संस्कृति आदिको संरक्षण गरेर आफ्नो क्षेत्रको विकासका लागि सहयोग गर्न आवश्यक छ।
कर्णाली प्रदेशमा पर्यटकका लागि आकर्षण
पद यात्रा पर्यटन— डोल्पा, हुम्ला मुगु र जुम्ला
साहसिक पर्यटन—डोल्पा, हुम्ला र रुकुम, कालिकोट
खेलकुद पर्यटन— कर्णाली प्रदेशका सम्पूर्ण जिल्लाहरु
धार्मिक पर्यटन—हुम्ला, डोल्पा, सल्यान तथा सबै जिल्लाहरु
कृषि पर्यटन—जुम्ला, सुर्खेत, दैलेख तथा अन्य जिल्लाहरु
जल यात्रा पर्यटन—रुकुम बाहेक सबै जिल्लाहरु
साँस्कृतिक पर्यटन— सल्यान,सुर्खेत, हुम्ला, डोल्पा, जुम्ला र मुगु
हनिमुन पर्यटन— मुगु रारा, जुम्ला सिंजा, अपर डोल्पो, सल्यान कुपिन्डे ताल क्षेत्र
युद्व पर्यटन—रुकुम,जाजरकोट कालिकोट र सल्यान
शैक्षिक पर्यटन—सुर्खेतको काक्रेविहार, दैलेखको दुल्लु, सिंजा र रारा
मेडिकल पर्यटन—जुम्ला, हुम्ला, रुकुम, मुगु र डोल्पा
गाउँ पर्यटन— कर्णाली प्रदेशका सबै जिल्लाहरु
आन्तरिक तथा वाह्रय पर्यटन— कर्णाली प्रदेशका सबै जिल्लाहरु
सेल्फ गाइडेट तथा मोटर साइकल टुर्र— कर्णाली प्रदेशका सबै जिल्लाहरु
शोध तथा अनुसन्धान पर्यटन—सल्यान खैराबाङ्ख मन्दिर, दैलेखको दुल्लु, कालिकोटको रास्कोट, पञ्चदेवल, जुम्लाको सिंजा, अपर हुम्ला, अपर डोल्पो, जाजरकोट शिव मन्दिर, दरवार क्षेत्र तथा मुगु क्षेत्र।