संसारमा सबै कुरो पैसाले किन्न सकिएला तर आफूलाई जन्म दिने हाम्रा आमा र बुवा भने कहिलै किन्न सकिदैँन। नौ नौ महिना आफ्नो कोखमा राखी, आफ्नो शारीरिक सुन्दरतालाई पनि व्यवस्था गर्दै उनी हर घडी आफ्नो सन्तानको सम्झनामा हुन्छिन्।
उनी आफ्नो सन्तान र परिवारको लागि दिन रात आफू भोकभोकै सन्तानको भोक मेटाउन उनी हरपल मेहनत र संघर्ष गरिरहन्छिन्। राति जब शिशु 'क्वा... क्वा...' गर्दै रुन थाल्छन् तब उनी शिशुलाई सुताउन आफ्नो निन्द्राको पर्वाह नगर्दै तीनलाई स्तनपान गराउँछिन्।
बुवाहरुलाई सोध्दा उहाहरुले आफ्ना सन्तानले बाल्यकालमा गरेका रमाइला किस्साहरुको बारे सम्झँदै, आफ्नो पीडा मेटाउन मुसुक्क मुस्कुराउँछन्। अझ त्यही सन्तान आफू शारीरिक रुपले गर्दा गरेको अपहेलना बारे उनी रुँदै सुनाउँदा मेरो मन छिया छिया हुन्छ।
छोराले बुहारीको कुरा सुन्दै आफ्नै आमा-बुवालाई पराई ठानी, उनीहरुको उनले आफ्नो सारा जीवनको लक्ष्य त्यागी आफ्नो सारा समय आफ्नो सन्तानलाई समर्पण गर्छिन्।
त्यस कारण आमा तिमी महान् छौ, यदि यो संसारमा देवी-देवता छन् भने तिमी र बुवा हौ। आमाले सारा जीवन हाम्रो पालन पोषण मा बिताइन् तर त्यही सन्तान जब ठुलो मान्छे भन्छ, ऊ आफ्नो जनादाता आमा-बुवाबाट टाढिँदै जान्छ।
विस्तारै उसलाई आफ्नो आमा, बुवाको कुराहरु बोझ हुँदै जान्छ। ऊ आफ्नो काममा यति बेस्ट हुन्छ कि उसले आमा, बुवासँग एकछिन पनि समय दिन सक्दैन। पछि, फेरि यस्तो दिन आउँछ जब हामीले चाहेर पनि आमा, बुवासँग समय बिताउन सक्दैनौँ र पश्चतापले बाल्यकालमा आमाले खुवाएको खाना र बुवाको हामीलाई गर्ने साथी जस्तो व्यवहार सम्झँदै रुन्छौँ।
जमाना पनि बदलिँदै छ। अहिले स्याहार गर्न धौँ हुन्छ भन्दै केही मान्छेहरु आफ्ना आमाबुवालाई वृद्धाश्रममा छोडिदिन्छन्। तर पनि आमा-बुवाले आफ्नो सन्तानको बारे सोध्छन् र रुन थाल्छन्।
के ती मान्छेहरुको मनमा अलिकति पनि माया छैन? के उनीहरुको आमाबुवाले आफूलाई हुर्काएको र आफ्नो हरेक माग आफू भोकभोकै बसेर त्यो मुहारमा मुस्कान ल्याएको बिर्सेकै नै हो?
जब म ती आमा-बुवालाई वृद्धाश्रममा देख्छु तब मेरो मन गरुङ्गो हुन्छ र आँखाबाट आँसु झर्छ। अहिले, बाहिरी संस्कृतिको कारण र स्वार्थी भावले गर्दा आफ्नै सन्तानबाट छुटिनु पर्ने पीडा छ। आमा जीवनमा आफू कुनै बाधा नहुनलाई घर छाडेको भनि पीडा सुन्दा मन निराश हुन्छ।
अहिले बेरोजगारीको कारण युवाहरुले मातृभूमि नेपाल आमालाई छोडेर वैदेशिक पालन हुनु पर्ने बाध्यता छ। त्यही सन्तान दिन-रात परदेशमा पसिना बगाएर स्वदेशमा आमा, बुवा र परिवारको लागि खर्च पठाउँछ।
तर अन्तिममा, स्वदेश फर्किँदा ऊ बाकसमा फर्किनु पर्ने यथार्थ छ। कैयौँ लासहरु जब एयरपोर्टमा आउँछ तब आमा धुरु धुरु रुन्छिन्। यसरी, चाहेर पनि उसले आफ्नो आमा-बुवासँग समय बिताउन सक्दैन।