'सानु, तपाईंले पोड्कास्ट कहाँ सिक्नुभएको?' इन्शुले सोधिन्।
'पोड्कास्ट हैन पडकास्ट हो नानी म सिक्दैछु।'
इन्शु...इन्शु को हो? भन्नुहुन्छ भने मेरी दिदीकी छोरी।
अनि कुरा मोडेर अन्तै पुराइदिन्छु खै किन? पडकास्ट सम्झिँदा मुहारमा छुट्टै खुसी झल्किन्छ मेरो। खै कसरी सिक्न मन लाग्यो।
एकदिन फेसबुक चलाएर बसिरखेको थिएँ अमेरिकन कर्नर विराटनगरको वालमा पडकास्टसम्बन्धी सूचना देखेँ फर्म नि भरें ट्रेनरमा सबिना दिदी मेरो फेभरेट अनि आवाजको दुनियाँमा उहाँको सुमुधुर आवाजको फ्यान को नहोला? आवाजमै जादू छ दिदीको।
शुक्रबारको दिन थियो होला सायद जानुका र सबिता दिदीहरूसँग बसिरहेको थिएँ फोन आयो ..
'हेल्लो सिर्जना भण्डारी बोल्नु भएको हो ?'
'हो म सिर्जना नै बोली रहेको छु'भनें।
उताबाट- हजुरले पडकास्टको ट्रैनिङको लागि फर्म भर्नुभएको थियो सेलेक्ट हुनुभएको छ। भोलि बिहान ९ बजेदेखि तालिम छ।
मेरो खुसीको सीमा रहेन।
'हुन्छ म आउँछु' भनें।
त्यसपछि दिदीहरूलाई सुनाएँ।
दिदीहरूले 'राम्रो छ सिक' भने।
भोलिपल्टबाट सिक्न नि गएँ।
पडकास्टबारे धेरै कुरा जान्न र सबिना दिदी अनि अन्य सरहरूबाट धेरै नै कुराहरू सिक्न पाएँ। सिक्ने क्रममा नै पहिलो पडकास्ट रेकर्डिङ गरें।
सबै सामु प्रस्तुत गर्न पाउँदा साह्रै नै तनाव महसुस भएको थियो तर सबैको राम्रो र उत्कृष्ट फिडब्याक पाउँदा र आवाजमा अलिकति निखारता ल्यायौ भने धेरै नै राम्रो हुने शब्द सुन्न पाउँदा मन हर्षले आँखाबाट आँसु नै झर्यो।
साँच्चै नै केही गर्न सक्छु भन्ने अनुभूति भएको थियो त्यो दिन।
धेरै नै हौसला र खुसी मिलेको थियो।
कार्यक्रम सकियो सबैले आफ्नो-आफ्नो पडकास्टको नाम राख्ने बेला आयो मैले नि मेरो एउटा पडकास्टको थिम बनाएँ- कथा भित्रको ब्यथा।
हरेक मानिसको आफ्नै कथा हुन्छ अनि त्यस कथाभित्र अनेकौं ब्यथा। बेला बेलामा सबिना दिदीसँग कुरा नि हुन्थ्यो।
आफूसँग भएको मोबाइलको प्रयोग गरेर धेरै नै प्रयासहरू नि गर्थें।
आवाजमा निखार ल्याउन के के पो गरियो सम्झिँदा नि हाँस उठ्छ। यसै क्रमलाई अघि बढाउन १०/२० पडकास्ट रेकर्डिङ नि गरेँ।
फेसबुकमा-कथा भित्रका ब्यथा- अ पडकास्ट बाइ सिर्जना भण्डारी पेज नि बनाएँ। कोसिस न हो नियमित गर्दै गएँ।
अहिले त अल्छि लाग्छ कहिलेकाहीँ जाँगर चलाउँछु म नि आवाजको दुनियाँमा छुट्टै नाम कमाउँछु भन्ने लाग्छ फेरि य ताकता हराउँछु। खै के मा हो के मा।
'दिदी, तुलसी दुलाल सरको एस.एल.सी.मा फेल भएको कथा हजुरले सुनाउनु भएको हो? हजुरको आवाज कति मीठो'
'कहाँ सुनेको भाइ' मैले सोधेँ।
उसले फेसबुकमा हजुरको पेजमा भएको लिंकमा सुनेको थिएँ भन्यो।
म फिस्स हाँसें अनि चुपचाप हिँडें।
साँच्चै तुलसी दुलाल सरको कथाको भाग-२ पनि रेकर्डिङ गर्न मन नलागेको
हैन र नगरेको नि हैन तर के नमिलेको नमिलेको आवाजमा मेरो, बाँकी नै छ त्यो कथा कति पटक रेकर्ड गरेँ डिलिट गरेँ याद नै छैन। तुलसी सरले नि बेला बेला सिर्जना खै त भनेर झकझकाइ रहनु भएकै हो तर कहाँनेर केमा मिलेन मिलेन।
'दिदी यहाँ चिया पाइन्छ' भनेर मैले चिया पसले दिदीलाई सोधेँ ? भनेर भाइरल भएँ म नि भाइरल न भएर पो हो कि ? 'बाजुबज्यै', 'धिकिच्याउ', 'मेरो २ पैसा' अजि'स पडकास्ट जस्तो पपुलर नभएर पो हो कि मन नलागेको खै किन किन म हरेक पटक जवाफ खोज्छु अनि उत्तर पाउँछु 'कर्म गर फलको आशा नगर, फल बेला आएसी आफैं पाउँछौ' यो सिद्धान्त केवल मेरा लागि ठिक छ तर सबैले कहाँ बुझ्छन् र ?
गहिरो लामो सास फेर्छु अनि सम्झन्छु काग र पिनाको कथा अनि बाघ र स्यालको कथा अनि फेरि कोल्टे फेरि सुत्छु।
फेरि लकडाउन सुरू भयो अब चाहिँ पडकास्ट सुरू गरौं कि भन्ने लागेको छ। म भाइरल नहुँला मेरो पडकास्ट सबैले नसुन्लान् तर कोरोनाको त्रास र यस्को हुरिले मलाई पनि उडाइ लग्यो भने, मेरो आवाज त जीवन्त रहिरहन्छ मेरो आवाज त गुन्जिरहन्छ त्यो भाइजस्तै तुलसी सरको कथा भाग-२ सुन्न चाहनेहरूले मेरो आवाज त सुनिरहनु हुनेछ, सानु पडकास्ट आउँछ भनेर कसैले कसैलाई त सोध्ने छन्, सानुको आवाज भनी कोही त रमाउने छन्, दूर कहीँ आगो ताप्दै कानमा एयरफोन हालेर तुलसी सरको रमाइलो कथा कसैले त सुन्ने छन् अनि प्रेरणा लिने छन्। मेरा बा आमा अनि मेरा शुभेच्छुकहरूले त सुन्ने छन् हैन र ?
लेखाइमा स्पष्टता नहोला, शब्द चयन र भाव यताउता होला तर कोसिस न हो
पढिदिनु भयो साह्रै खुसी लाग्यो अब एक पटक सुनी पनि दिनुस् न है।
कथा भित्रका ब्यथा खास गरी विद्यालय बिदाको समय, कोरोनाको त्रासको समयमा तपाईं पनि केही उल्लेखनीय गर्ने कोसिस गर्नुस् न है।