गल्ली गल्लीमा दौडिने, हेर्दा गहुँगोरो अनुहार गरेको। शरीर पाँच फिट जस्तो देखिने, मोटो र पेट लागेको उमेश कार्की!
उमेश धनी वर्गमा पर्छन्। पुर्ख्यौली सम्पत्तिले सम्पन्न छ्न्। त्यसैले उनलाई कुनै काम गर्न पर्दैन। पुर्ख्यौली सम्पत्तिले परिवारका सदस्य पाल्न देखि स्वास्थ, शिक्षामा खर्च गर्न पनि पुग्छ। उनलाई पसिना बगाउन पर्दैन। उनले कमाउनै नपर्नेगरी उनका पुर्खाले सम्पति जोडिदिएका छ्न्।
खोजेको, रोजेको बिलासिताको जीवन उनले सजिलै बिताउन सक्छन्।
कार्कीको एकल सुखी परिवार छ। उनी मनोरञ्जनको लागि बाहिरी देश जाने गर्छन्। उनले सन्तानको लागि घरमै सुविधायुक्त मनोरञ्जन स्टेशन तयार पारिदिएका छन्। कार्की आफ्नो परिवारको खुसीमा तल्लिन हुन्छन्। उनी सन्तानका मार्गदर्शक पनि हुन्।
कार्की सधैं शरीर घटाउन बिहान झिस्मिसे उज्यालो नहुँदै गन्जी र जुत्ता लगाउँछन्। त्यसपछि लामो दुरी तय गर्न एक नासको स्पिडमा दौडिन्छ्न्। मनोरञ्जनका लागि ब्याडमिन्टन पनि खेल्छन्। खेल खेलेपछि पारिवारिक जमघट गरी खाजा खान्छ्न्।
अनि ड्राइभरलाई गाडी निकाल्न लगाई बाहिर निस्कन्छ्न्। उनको परिवार हरेक शनिबार पारिवारिक जमघटका लागि रात्रीभोजनमा जान्छन्।
उनलाइ दिनहुँ परिश्रम गर्नुपर्दैन। उनको जीवनशैली बेग्लै छ।
तर त्यही नजिकै एउटा सुकुम्बासी बस्ती पनि छ।
त्यही सुकुम्बासी बस्तीमा टहरा बनाएर एक जना बस्छन्। उनको नाम सन्तोष चौधरी हो। उनको जीवन भने कार्कीको भन्दा फरक छ।
चौधरीलाई खान लागाउन नपुग्ने अवस्था छ। त्यो अवस्था उनले कामै नगरेर भएको होइन। चौधरी धेरै मेहेनेती छन्। बिहानै छ बजेदेखि बेलुका छ बजेसम्म काममा खटिन्छ्न्। काम नगरे परिवारमा छाक टार्नै मुस्किल हुन्छ। बिरामी हुँदा बाहेक उनको अरू दिन छुट्टि हुँदैन। उनलाई न त सार्वजनिक बिदा नै हुन्छ।
पुर्खाले उनलाई सम्पत्ति जोडिदिएका छैनन्। सुकुम्बासी बस्तीमा टिनको छाप्रो बनाएर परिवार पालेका छ्न्। उनको संयुक्त परिवार हो।
चौधरीको आय स्रोत कम छ। त्यसैले कमाएको रकम छाक टार्न खर्च हुन्छ। शिक्षा र स्वास्थ्य उपचारका लागि खर्च पुग्दैन। घरमा परिवारको आकार ठूलो भएका कारण गरिबी थपिएको छ।
चौधरीसँग पर्याप्त जग्गा छैन। भएको थोरै जग्गामा जिविका चलाइरहेका छ्न्। गरिबीले गर्दा विभिन्न चुनौती भोगेका छ्न्। भन्निन्छ नि, 'धनले धन कमाउँछ, ऋणले ऋणै कमाउँछ' हो त्यस्तै छ कार्की र चौधरीको आय।
चौधरीलाई गरिबीले चुसेको छ। दु:खले च्यापेको छ। अभावले निमोठेको छ। जिम्मेवारीले भारी बनाएको छ। नियतिले चुसेको छ।
चुसेर फालेको आँपको खोया जस्तै हाड र छालाको शरीर मात्र उनीसँग बाँकी छ।
गरिबका दु:ख र पीडाका कथा त भनिसाध्य छैन। यो दुनियाँ पनि गजबको छ, यहाँ गरिब खान नपाउँला भनी आधा पेट खाएर मरीमेटि काम गर्छन्। आधा शरीर छोपेर हिँड्छन्। उता धनीहरू यो खाऊँ कि त्यो खाऊँ भन्दै आधा आधा अन्न फाल्छन्। कति फरक छ है धनी र गरिबको जीवनशैलीमा।
यो धर्तीमा जन्म लिँदा सबै खाली हातै आएका होइनौं र? यो धनी, त्यो गरिबको कोख भनेर जन्म लिएका हौं र? होइनौं नि। त्यसो भए किन धनी र गरिबमा विभेद हुन्छ? किन सबैले एकै नासको जीवनशैली बाँच्न पाउँदैनन्। किन कसैलाई चयन त कसैलाई रोदन हुन्छ।
मुलतः गरिबी घटाउने र हटाउने दायित्व सरकारको हो। यो चुनौती पनि छ। तर चुनौती छ भन्दैमा चुप लाग्ने छुट सरकारलाई छैन।
गरिबलाई एक छाक मिठो खुवाएर हुँदैन। उसलाई जीवनभरी मीठो खान सक्ने व्यवस्था सरकारले मिलाउनुपर्छ। त्यसैले भनिन्छ नि!- ‘माछा होइन, बल्छी दिएर गरिबी हटाउन सकिन्छ।’
त्यसैगरी धनी र गरिबमा समानता ल्याउन राज्यले विकल्प र समाधान खोज्नुपर्छ।