प्रत्येक दिन आन्तरिक तथा बाह्य पर्यटकहरु मनोरञ्जनका लागी यहाँ आउने गर्दछन् । तर उनीहरुलाई सबैकुरा जान्ने बुज्ने फूर्सद पनि हुँदैन र ध्यान पनि दिँदैनन् । फेवा तालमा डुङ्गा शयर तथा लगायतका बिभिन्न पर्यटकीय स्थल को दर्शन गरेपश्चात उनीहरुको एकचरणको यात्रा सकिएको मान्छन् । तर नजिकबाट नियालेर हेर्ने न त आन्तरिक पर्यटक छन न त बाह्य पर्यटकहरु नै । केबल पर्यटन व्यवसायीलाई पैसा कमाउने र घुम्न आउने पर्यटक हरुलाई पैसा खर्च गर्ने र सकेसक्म जोगाउने ध्याउन्न मात्र हुन्छ ।
कुन ठाँउमा कुन उपयोगिताको लागी कति खर्च गरेँ कति जायज हो भन्ने कमैले हेक्का राखेको पाईन्छ । पोखरा बसाईको केही दिन लेकसाईडमा बस्ने निधो गरे अनुरुप केही दिन लेकसाईडकै भिन्न भिन्न होटलमा बसेँ । होटलको कोठा देखि लिएर बिहानको खाजा खाना,लगायत नास्तामा समेत चर्को शुल्क लिएको पाँए । प्रत्येक होटलमा आफनै मर्जि चल्छ । आफनै मूल्यसूची रहको छ । कसैले पनि केही दिन बस्ने आन्तरीक तथा बाह्य पर्यटकलाई कमाई खाने भाडोका रुपमा लिन्छन् । न त उनीहरुले आफुले गरेको कमजोरीको सुधार गर्दछन न त जबाफदेही नै । मूल्य अनुसारको होटलका कोठाहरुमा सुबिधा छैन । हरेक कुरामा चित्त बुझाउने मात्रै काम गर्दछन् । होटल व्यवसायीहरुकै सिको गरेर सडक किनारामा खोलिएका होटल तथा चिया पसलै हरु पनि मौकामा चौका हानेकै हुन्छन् ।
गत शनिबार बिहान करिब ९ बजेको समयमा केही साथीहरु फेवातालको भ्रमण तथा ताल बाराही मन्दिरको दर्शन पश्चात बाराही चोक देखि केही भित्रको एउटा खाजा पसल प्रबेश ग¥यौँ । खाना खाने समय भएको हुँदा हलुका खाजा खाने सल्लाह बमोजिम तिन कप चिया र चार ओटा अन्डा उसिनेको खायौँ तर खाजाको रकम सोध्दा थाहा भयो कि हामी खानाकै पैसा तिर्दे छौँ भनेर ।
साहुनीले हतार हतारमा ३६५ भयो भनेर उम्किन खोजिन् । तर यति ठूलो रकम त नउठन् पर्ने दिदी खाजाको मूल्य के कति होला भनेर बुझ्ने कोशिस गरेँ । उनी त्यती नै हो नी नपत्याए आफै जोड्नुस भन्दै कड्किन र आफै काउन्टरको क्याल्कुलेटर निकालेर जोडेँ तर मेरो हिसाबमा २४० भन्दा माथिको हिसाब नै निस्कीएन् । आश्चर्य मान्दै साहुनीलाई भने दिदी हिसाब त २४० मात्रै आउँछ तर तपाईको हिसाबमा कसरी ३६५ आयो भने तर उनी अलि हच्किन खोजिन र अलि ठूलो स्वरमा हडबडाउदै भनिन हतारमा जोडेको फरक परेको होला भन्दै उनी उम्किन खोजिन्।
तर मैले तपाई हतारमा हुनुहुन्छ भनेर हिसाब फरक देखाउन मिल्दैन हामी आफुले खाएको खाजा नास्ता को न पैसा तिर्ने हो तपाई यसरी हतारमा हिसाब जोड्या भनेर उम्किन नखोज्नुस सही तरिकाले होटटल चलाउनुस ठग्ने नियत नगर्नुहोला आज म ठगिए भोली कोही यसरी नठगिउन भन्दै म आफनो गन्तब्यमा लागेँ र त्यो दिन देखि उक्त साहुनी होटल अगाडीको बाटो नि हिड्न उचित ठानिन र फरक बाटो अंगाल्दै बाराही चोक आउने बाटो तय गरेँ । मैले बाटो बदल्दैमा उनी सुध्रिने त हैन तर उनको निच स्वभाब र व्यवहार सम्झेर त्यो बाटो हिड्न मन लागेन । उनी जस्ता यहाँ कैँयो व्ययापारी हरु छन जहाँ यसरी नै जानाजान ग्राहक हरुको ढाड सेकिरहेका छन् । निकम्मा रकम असुलिरहेका छन् । यसरी नै म जस्ता व्यक्तिहरु धेरै ठगिएका छन । तर महङ्गीको नाममा झनै ढाड सेक्ने काम व्यापारी हरुले गरेका छन् ।
नियमनकारी निकायबाट समय समयमा अनुगमन नहुनु , कमाएको व्यक्ति आएर खर्च गर्ने थलोका रुपमा मात्रै हेरिनु बिडम्बनाको कुरा हो । समय समयमा अनुगमन हुनु, मूल्य सूची सबैले देख्ने गरी राख्नु, दोषिलाई कारबाही गर्दे निश्चित नियम भित्र रहेर व्यापार व्यवसाय गर्न होटल व्यवसाी संघ तथा सम्बन्धित निकायले खबरदारी गर्नु जरुरी छ । आन्तरीक तथा बाह्य पर्यटकको नजरमा समग्र पोखरा बासीको ईज्जत माथि दाग लाग्ने काम कसैबाट हुनुहुँदैन् । एक रुपैया थोरै तथा बढि तिरेर हामी गरिब हुने पनि होईन र धनी नै । सबै नियममा चल्नु पर्दछ । समय समयमा यस्ता व्यापारी हरुले सजाय पाउने हो भने पर्यटकीय पोखरा माथि कसैको बितृष्णा जाग्ने थिएन् । सम्बन्धित निकायको समयमै ध्यान जाओस ।
प्रकाश भण्डारी “बिबेक”
गैँडाकोट २ नवलपरासी