अहिले विभिन्न अनलाईन माध्यमहरुले मानिसहरुको यात्रा सहज बनाएको छ।
मलाई काम बिशेषले पोखरा नगई नहुने भयो। काठमाडौंबाट पोखरा जानको लागि हवाई टिकेट हेर्न थाले।
हवाई टिकट हेर्ने क्रममा ई सेवाबाट २१ नोबेम्बरको लागि सिम्रिक एयरको टिकेट खरिद गरे। निर्धारित समयभन्दा आधा घण्टा पहिले विमानस्थल पुग्दा सिम्रिक एयरको पहिलो उडान नै नउडेको रहेछ।
२ बजेको उडान ४ बजे उड्ने भनेर सोहि बमोजिमको बोर्डिंग लिएर उडानको पर्खाइमा बस्दा नेपाली कांगेसका केन्द्रिय सदस्य रामहरी खतिवडा र बालकृष्ण खाँडmाई देखे।
४ बजे पछि उडान नहुने भनेर सिम्रिक एयरको कर्मचारीले बताए। त्यसपछि झोला बोकेर काउन्टरमा बोर्डिंग पास फिर्ता गरेँ। लाग्यो बोर्डिंग पास फिर्ता गर्दा त्यहीँबाट तिरेको रकम फिर्ता होला। तर ईसेवाले नै फिर्ता दिने त्यहाँका कर्मचारीले बताए।
त्यहाँबाट गाडी लिएर रातको १२ बजे पोखरा पुगियो। २३ तारिकसम्म रकम फिर्ता आउला भनेर कुरे तर आएन। फेरी सम्बन्धित निकाएमा फोन गरेर खबर गरे तपाइको रकम फिर्ता हुन्छ भनेर आश्वाशन मात्र दिएको छ। आहिले सम्म आएको छैन।
अब मेरो त्यो रकम बिना ब्याज उनीहरुले ७ दिन सम्म चलाई सके कहिले फिर्ता गर्ने ठेगान छैन। यो खालको समस्या भोग्ने म पहिलो सेवाग्राही भने पक्कै होइन। यो खालको समस्या अनलाईन भुक्तानी गर्ने सबै माध्यममा हुने गर्छ जनतालाई सास्ती दिने काम बन्द गरियोस्।