दशैंअघि जावलाखेलको सेल वेजमा मलाई एउटा कुर्ता मन पर्यो।
त्यहाँका प्रतिनिधीले यो कुर्तामा विग्रने, खुम्चने समस्या आउँदैन भनेपछि ३ हजार ८ सयको कपडा मैले मेम्बरसीप भएको कारण ३५ सयमा किने।
सधैं कपडा सिलाउने बुटिक प्याक भएको हुँदा दशैंपछि मात्र कपडा सिलाउने निणर्य गरे।
दशैंपछि कपडा लिन जाँदा त्यो कुर्ता टाइट भयो। नाप्दा बिग्रियो होला सोचेर त्यसलाई खोल्न लगाए। त्यहाँ लगाउँदा ठिकै थियो, घर आएर लगाउँदा फेरी टाइट भयो।
त्यसैले घर नजिकैको टेलर्समा खोल्न लगाए। लुज गराएको ठाउँमा देखिने दाग हटाउन आइरन लगाए। टेलरको मान्छेले कपडा धोयो भने खुल्छ भनेपछि मैले त्यस्तै गरे।
सोही कपडा बोकेर माइत गए।
त्यहाँ पुगेर कपडा लगाउन खोज्दा घाँटीबाटै छिरेन।
अब कपडा खोल्ने ठाउँ पनि बाँकी छैन। कुर्ताभित्र राखेको अस्तर भने जस्ताको त्यस्तै छ।
सेल वेजमा गएर यो कुराभन्दा सिलाईसकेको कपडाको पैसा कसरी फिर्ता हुन्छ भनेर हप्काई शैलीमा कुरा गर्यो। उनीहरुले त्यस्तो व्यवहार गरेपछि हामीले कात्तिक २४ गते ललितपुर प्रहरीमा उजुरी गर्यौं।
प्रहरीले २५ गते मलाई र उनीहरुलाई बोलायो। त्यसपछि सेल वेजले मेरो ३ हजार ५ सय फिर्ता गर्यो। यो ३ हजार ५ सयको मात्र कुरा होइन, मैले तिरेको पैसाअनुसार वस्तु तथा सेवाको उपभोग त गर्नुपर्यो नी।
अन्जु शर्मा, भैंसेपाटी