म काठमाडौंं आएदेखि मोबाइलबाट इन्टरनेट चलाउछु। आजभन्दा पाँचवर्ष पहिले एकसय रुपैयाँ मोबाइलमा रिचार्ज गर्दा पाँच दिनसम्म इन्टरनेट चलाउन र फोन गर्न पुग्थ्यो। तर आजभोली एक सय रुपैयाँ हाल्दा १५ मिनेट पनि पुग्दैन। मैले मोबाइलबाट फेसबुक चलाउने र समाचार पढ्ने गर्छु। टेलिकम कम्पनीहरुले भनेजस्तो ब्याकग्राउन्ड रेष्टिकेट गर्छु तर पनि इन्टरनेट खोल्यो पैसा स्वाहा हुन्छ।
पहिलेभन्दा इन्टरनेटको गति त बढेको छ तर हामीजस्तो आफै कमाउनेको हालत यस्तो छ भने अरुको अवस्था कस्तो होला? इन्टरनेटको गति बढेर केही हुन्न मूल्य पनि सस्तो हुनुपर्छ। म एनसेल र एनटिसी दुबैका सिम चलाउछु तर दुबैको मूल्य उस्तै छ। छोइसाध्य छैन। त्यसैले मैले आजभोली अफिस टाइमबाहेक सामान्यतया इन्टरनेट चलाउन छाडेको छु।
तपाईसँग पनि किनमेल, कारोबार सम्बन्धि कुनै अनुभव, भोगाई छन् भने हामीलाई setopati@gmail.com मा पाठाउन सक्नुहुन्छ।