राजमार्गमा भएका पसलेहरुले ग्राहकलाई ठगि गर्ने रहेछन्। बिराटनगरबाट काठमाडौंका लगि छुटेको म चढेको बस लालगढ भन्ने स्थानमा रोकियो। त्यहाँका पसलले २० रुपैंयाँको वाईवाई चाउचाउलाई २७ रुपैंयाँ लिँदा रहेछन । एउटा चाउचाउलाई नै २७ रुपैंयाँ तिर्नुपर्ने अवस्था आएपनि मसँग बिकल्प थिएन किनभने बसले त्यही स्थानमा लगेर रोकेकाले त्यहाँ अन्य पसल पनि थिएन। ३० रुपैयाँ दिएर चाउचाउ किने। तर पसलेले ३ रुपैंयाँ फिर्ता दिनुको साटो अन्य स्थानका पसलमा एक रुपैंयाँ पर्ने एउटा चकलेट हातमा राखिदिए।
यो के हो भनेर सोध्दा उत्तरमा उनले खुजुरा पैसा नभएको र सो चकलेटको तीन रुपैंयाँ पर्ने बताए। हैन यसरी दिउँसै पाइलै पिच्छे ठग्दा पनि उनीहरुलाई कारबाही किन नभएको हो ?