म स्नातक दोस्रो बर्ष अध्यनरत बिद्यार्थी हँु। कलेज जाँदा किताब त लानै पर्यो तर कलेजमा सु्रुको दिनमा म सँग पैसा सक्किएको थियो र कलेजको लाइब्रेरीबाट पनि एक पटकमा तीनवटा मात्र किताब निकाल्न पाइन्थ्यो। त्यो बेलामा मलाई एउटा साथीले सेकेन्ड ह्याण्ड किताव किन्ने सुझाव दियो।
सुरुमा मलाई सेकेन्ड ह्याण्ड किताब सारै पुरानो हुन्छ कि जस्तो लागेको थियो तर जव म सेकेन्ड ह्याण्ड किताब बेच्ने पसलमा गएर किताब हेरे मलाई त्यो किताब र नयाँ किताबमा खसै फरक लागेन। आखिर पढ्ने एउटै हो त्यसमा मूल्य पनि आधा सस्तो। त्यो बेलादेखी मैले सेकेन्ड ह्याण्ड किताब किनेर पढ्न थाले। पढाइ पनि हुने पैसा पनि कम खर्च हुने।