मेरो झम्सीखेलमा एउटा खाजा पसल छ। अलिक सस्तो पर्ने हँुदा मैले केही किन्नु परेमा बल्खु तरकारी बजारमा गएर किन्ने गरेको छु।
गत आइतबार दुई केजी गोलभेडा प्रति केजी ३० रुपैयाँको दरले किने। भोलिपल्ट त्यसै स्थानमा गोलभेडाको मूल्य प्रति केजी ६० पुगिसकेको रहेछ।
के भएर एकै दिनमा तरकारीको भाउ सतप्रतिशतले बढ्छ ?