मैले होण्डाको डियो स्कुटर किनेको करिव एक बर्ष भयो। त्यसमा २४ हजार किलोमिटर वा २ बर्षको वारेन्टी थियो। १२ हजार किलोमिटर कुद्ने बित्तिकै मेरो स्कुटरमा आवाज आउन थाल्यो। सल्लाघारीको शोरुममा बनाउन लगे। मेकानिकले इन्जिन भित्रको सामानका समस्या भएको भन्यो तर त्यो सामान रहेनछ। धरै समय पखर्दापनि त्यो सामान आइपुगेन। त्यसपछि अर्को स्कुटरको सामान हालिदियो। सामान फेरेपछि स्कुटरमा झन धेरै आवाज आउन थाल्यो। मैले फेरी स्कुटर बनाउन लगे तर शोरुमवालाले सामान कतै पाईएन भनेर अहिलेसम्म झुलाईरहेको छ। स्कुटर शोरुममै थन्केको एक हप्ता भन्दा धेरै भैसक्यो। स्कुटर नहँुदा दैनिक काम गर्न पनि निकै गाह्रो भैरहेको छ। ठुला कम्पनीहरुको यो गैर जिम्वेवारीपुर्ण हर्कत हामी ग्राहकहरुले कहिले सम्म सहने ? सम्बन्धित निकायको ध्यान जाओस