खै किन हो आजभोली तरकारीको भाउ छोइ नसक्नु भएको छ। केहि दिन अघिसम्म ६० रुपैंयाँ पर्ने गोलभेडा १२० पर्न थालको छ। आलु, प्याज सबैथोकको भाउ लगभग दोब्बर भएको छ।
तराईमा बाढी आएकाले तरकारीको ल्याउन नपाएर भाउ बढेको भनेको सुन्छु। हैन्, तराईमा बाढी गयो। तराईमा घर भएका तर काठमाडौँमा बस्ने म जस्ता विधार्थीहरु पनि त पिडित भएका छौँ।
झन् व्यापारीले यस्तो विपतको बेला मूल्य घटाएर दिनुपर्नेमा उल्टै कसरी हुन्छ यही मौकामा धेरै फाइदा खाउँ भनेर लागिपरेका छन्।