दाङका तीन निर्वाचन क्षेत्रमा ८९ जनाका बीचमा प्रतिस्पर्धा हुने निश्चित भएको छ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य पदका लागि आइतबार ९० जनाले उम्मेदवारी दर्ता गराएका थिए। त्यसमध्ये बुधबार एक जनाले मात्रै आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालय लुम्बिनी प्रदेश कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कँवरले सेतोपाटीलाई बताए।
निर्वाचन क्षेत्र नम्बर १ र २ मा कसैले पनि उम्मेदवारी फिर्ता लिएनन्।
निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेश सभा (क) मा उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टीका रणेन्द्रविक्रम केसीले मात्रै उम्मेदवारी फिर्ता लिएको कार्यालयका सूचना अधिकारी कँवरले जानकारी दिए।