नेकपा (एमाले) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
कर्पोरेट हाउसको नयाँ प्रोडक्ट सार्वजनिक गर्ने शैलीमा अध्यक्ष केपी शर्मा ओलीले हात स्क्यान गरेर डिजिटल रूपमा घोषणापत्र सार्वजनिक गरेका हुन्।
पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठलाई उद्घोषण गराएको कार्यक्रममा नेकपा एमालेले फरक ढंगबाट घोषणापत्र सार्जनिक गरेको हो।
एमालेले २० वटा ग्यारेन्टी आफ्नो घोषणा पत्रमा राखेको छ।