राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा आमसभा गरेको छ।
शुक्रबार दिउँसो १ बजेपछि आमसभा सुरू भएको हो।
कार्यक्रममा बोल्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा उम्मेदवार रहेका रवीन्द्र मिश्रले नेपाली कांग्रेस र नेकपा एमाले समर्थितहरूलाई ती पार्टीका नेतृत्व सुधार गर्न मन र मत बदल्न आग्रह गरेका छन्।
मिश्रले नेताहरू शानको साथ हिँड्ने र जनताले गल्लीको जीवन बिताउनुपरेको बताए।
आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका वरिष्ठ नेताहरूले सम्बोधन गर्नेछन्।
आमसभामा काठमाडौं उपत्यकाभित्र रहेका प्रतिनिधि सभा र प्रदेश सभामा राप्रपाबाट उम्मेदवारी दिएकाहरूले पनि बोल्नेछन्।
राप्रपाले देशभर एक सय ४२ प्रतिनिधि सभा क्षेत्र र दुई सय ८६ प्रदेश सभा क्षेत्रमा उम्मेदवारी दिएको छ।
तस्बिरहरू: