कपिलवस्तु क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका स्वतन्त्र उम्मेदवार गणेश जिसीले आफनो उम्मेदवारी निष्क्रिय बनाएका छन्।
उनले नेपाली कांग्रेसलाई समर्थन गरेका हुन्।
कांग्रेसका सङ्घीय उम्मेदवार अभिषेकप्रताप शाहलाई जिसीले समर्थन गरेको कांग्रेसका क्षेत्रीय सभापति गोविन्द केसीले बताए।
चुनावी अभियानलाई निष्क्रिय बनाएका उनले विकास र समृद्विको अभियानमा आफ्नो साथ कांग्रेसलाई रहेको जानकारी दिए।
जिसीले आफनो उम्मेदवारी निष्क्रिय बनाइ शाहलाई समर्थन गरेसँगै कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा चुनावी प्रतिस्पर्धा झनै कडा हुने देखिएको छ।
यो क्षेत्रमा कांग्रेसका शाह, नेकपा एमालेका मङ्गलप्रसाद गुप्ता र जनता प्रगतीशील पार्टीका इश्वरदयाल मिश्रा, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रजौरिया, जनमत पार्टीका नरसिंह चौधरी प्रतिनिधी सभा सदस्यका लागि चुनावी मैदानमा छन्।