नेपाली कांग्रेसका नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले काठमाडौँलाई स्वच्छ र सुन्दर सहर बनाउने बताएका छन्।
संयुक्त ट्रेड युनियन तारकेश्वर नगर कार्यसमितिले बुधबार आयोजना गरेको ‘निर्वाचनमा पेसागत तथा ट्रेड युनियनकर्मीको भूमिका’ विषयक कार्यक्रममा उनले काठमाडौँलाई सुन्दर सहर बनाउने बताए।
‘काठमाडौँ देशको राजधानी हो, यहाँ सबै जिल्लाका मानिस बस्न आउँछन्, यस क्षेत्रलाई नमुना सहर बनाउने जिम्मा काठमाडौँबाट निर्वाचित जनप्रतिनिधिको हो, म निर्वाचनमा विजयी भएमा काठमाडौँलाई बस्नयोग्य क्षेत्रका रुपमा विकास गर्छु’, उनले भने।
उनले राजनीतिलाई सही दिशामा लैजानका लागि बुद्धिजीवी, पेसागत र नागरिक समाजको महत्वपूर्ण भूमिका रहेको बताए।
मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य बनेका प्रधानले निर्वाचनमा सही विवेक प्रदान गर्न मतदातालाई आग्रहसमेत गरेका थिए।