मोरङ क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका अमनलाल मोदी आफ्ना प्रतिस्पर्धीभन्दा ६ हजार बढी मतले विजयी भएका छन्।
अन्तिम मतपरिणामअनुसार गठबन्धका उम्मेदवार मोदीले ३० हजार ६ सय १२ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका विनोदप्रसाद ढकालले २४ हजार ४ सय ६३ मत पाएका छन्। उनीहरूको मत अन्तर ६ हजार १ सय ४९ छ।
दोस्रो संविधानसभामा समानुपातिक सदस्य रहेका मोदी २०७४ को आमनिर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए। त्यति बेला उनी प्रत्यक्षतर्फका सबभन्दा कम उमेरका सांसद थिए।