सुनसरी क्षेत्र नम्बर ४ मा सञ्चार मन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की ११ सय मतले पछि परेका छन्।
पछिल्लो मतपरिणामअनुसार कार्की नेकपा एमालेका जगदीशप्रसाद कुसियैतभन्दा एक हजार १०१ मतले पछि रहेका छन्।
कार्कीले १५ हजार ७७ मत ल्याएका छन् भने एमालेका कुसियैतले १६ हजार १७८ मत प्राप्त गरेका छन्।
यसअघिको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका कार्की निर्वाचित भएका थिए। यसपटक भने कार्की र कुसियैतबीच कडा टक्कर हुने देखिएको छ।