प्रदेश नम्बर ६ का हिमाली जिल्लाका उम्मेदवारहरुले तीब्बती नाकासम्म सडक संजाललाई मुख्या चुनावी एजेन्डा बनाएका छन्। ३ उत्तर दक्षिण नाका जोड्ने उनीहरुले मुख्या चुनावी नारा बनाएर मतदातासम्म पुगेका छन्। यो खबर आजको कान्तिपुर दैनिकमा छ।
हुम्लाको सिमीकोट–हिल्सा, मुगुको गमगढी–नाक्चेनाङ्ला र डोल्पाको दुनै–मरिम्ला सडकलाई मुख्या एजेन्डा बनाएका छन्। तर यी सडकको निर्माण प्रक्रिया भने सुस्त देखिएको छ।
तीब्बतसँगको नेपाली पहुँच उम्मेदवार र मदताको खुबै आकर्षणको केन्द्र बनिरहेको छ। नाका जोडिएपछि उभोग्य वस्तु आयात र बहूमूल्य जडिबुटी निर्यातमा सहज हुने हुँदा सबैको मुद्दा सडक संजाल परेको हो।