निर्वाचन नजिकँदै गर्दा शान्तिसुरक्षामा चुनौति कायमै रहेपनि सुरक्षाकै नाममा पछिल्लो चारदिनमा ९ अर्ब रुपैयाँ सुरक्षाकै नाममा बजेट निकासा भएको छ। गृह मन्त्रालय तथा सुरक्षा निकायलाई चार दिनमा ९ अर्ब रुपैयाँ अर्थले निकासा दिएको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सागर पण्डितले लेखेका छन्।
अर्थले सोमबारमात्र चुनाव सुरक्षाको लागि भन्दै ३ अर्ब ९७ करोड रुपैयाँ बजेट निकाा गरेको थियो। यसअघि गृहलाई पाँच अर्ब रुपैयाँ दिइसकेको छ। अर्थका प्रशासन शाखाका अनुसार सुरक्षा प्रायोजनका लागि ९ अर्ब रुपैयाँ गृहले निकासा पाइसकेको छ।
पाँच अर्ब ३ करोड म्यादी प्रहरीको तलबभत्ता र बाँकी रुपैयाँ अन्य सुरक्षाको लागि भन्दै गृहले रकम लिइसकेको छ। गृहले अझै ५ अर्ब रुपैयाँ माग गरिसकेको छ।