अर्थमन्त्री डा युवाराज खतिवडाले निजी क्षेत्रसँगको सहकार्यमा पूर्वाधार निर्माणमा ६ खर्ब रुपैयाँ लागनी गर्ने घोषणा गरेका छन्। आर्थिक विकासको लक्ष्य हासिल गर्न निजी क्षेत्रसँगको सहकार्य आवस्यक रहेको उनले बताए। यो खबर आजको कारोबार दैनिकमा सरस्वती ढकालले लेखेकी छन्।
रोजगारी सिर्जना गर्न औद्योगिक विकास अपरीहार्य रहेको र त्यसको लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो।
२ खर्बसम्म सरकारले पूर्वाधार निर्माणमा लागनी गर्ने र बाँकीू निजी क्षेत्रबाट जुटाउने र त्यसको लागि संरचनागत सुधारमा छिाटोभन्दा छिटो सम्पन्न गरिने उनको भनाइ छ।