विगत चार वर्षको अवधिमा सरकारले सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकलाई तालिम दिन १ अर्ब ६७ करोड रुपैयाँ खर्च गरेको छ। शिक्षकले तालिम पाए पनि विद्यार्थीको सिकाइ उपलब्धि भने ५० प्रतिशतभन्दा कम देखिएको आजको नागरिक दैनिकमा रुवी रौनियारले समाचार लेखेकी छन्।
शैक्षिक जनशक्ति विकास केन्द्रका अनुसार शिक्षक तालिमका लागि चार वर्षमा १ अर्ब ६१ करोड ८६ लाख ४२ हजार रुपैयाँ खर्च चएको छ। तीमध्ये देशभरका २९ शैक्षिक तालिम केन्द्रमार्फत ९६ करोड ८७ लाख ९१ हजार रुपैयाँ खर्च भएको थियो। बाँकी रकम प्रशासनिक, पाठ्यक्रम विकसमा खर्च चएको हो।
यसबाहेक सरकारले सञ्चालन गरेको टिचर एजुकेशन प्रोजेक्टले प्राथमिक तहका सबै शिक्षकलाई सेवाकालीन तालिम दिएको थियो। उक्त प्रोजेक्टमा एसियाली विकास बैंक र नेपाल सरकारको गरी २ अर्ब ५० करोड रुपैयाँ रकम खर्च भएको थियो।