मुगुको सोरु गाउँपालिकाकी २० वर्षीया एक युवती बलात्कृत भएको मुद्दालाई अभियुक्तले प्रहरीमा उजुरी दिनबाट रोकेर मिलापत्र गराइएको पाइएको छ। यो खबर आजको अन्नपुर्णपोष्टमा छ।
गत माघ १५ गते राति आठ बजे भएको घटना पीडित युवतीले अभियुक्त हिक्मत शाहीसहित ६ जनाविरुद्ध बुधबार किटानी जाहेरी दिएपछि मात्रै सार्वजनिक भएको हो ।
उनले जाहेरीमा माइतीघर आएको बेला शाहीले सुत्ने कोठामा पसेर बलात्कार गरेको उल्लेख गरेकी छन् ।
घटनाको दोस्रो दिन नै सोरुकोट प्रहरी चौकीमा निवेदन दर्ता गराउन जाँदा अभियुक्तकाम आफन्तले बाटोमै रोकेर तीन लाख रुपैयाँ रकम उपलब्ध गराइदिने भन्दै प्रहरी चौकी जानबाट रोकेको पीडितले बताएकी छन् । समाचार अनुसार अभियुक्तबाट तीन लाख रुपैयाँ बुझेको पीडितका आफन्तले स्वीकारेका छन् ।