भारतको सुनौलाईलाई कालीगण्डकी हुँदै कोराला नाकामार्फत उत्तरी देश चीन जोड्ने सडकको ट्रयाक खुलेको छ। काली गण्डकी करिडोर नामको उक्त सडक खण्ड अन्तर्गत वागलुङ–गुल्मी खण्ड नेपाली सेनाले छिचोलेपछि सुनौली अब कोरासँग जोडिएको हो। गाेरखापत्र दैनिकमा भउचप्रसाद यादवले समाचार लेखेका छन्।
नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीका अनुसार करिडोरको ७६ किलोमिटर खण्डमा ट्रयाक खोल्ने काम सकिएको जानकारी दिए। दुईवर्ष अघि प्रधानमन्त्री हुँदा केपी ओली नेतृत्वको सरकारले चीनसँग पारवहन तथा यातायात सम्झौता गेपछि यस करिडोरको निमाृणले गति लिएको थियो।
कोरला–सुनौली ४३५ किलोमिर लामो यो करिडोरमा दुई लेन(९ मिटर चौडा) को सडक हुनेछ। कोराला–मुस्ताङको कागबेनी ९५, कागबेनी–बागलुङ ९५ , कागबेनी–गुल्मीको रिडी ७०, रिडी–बुटुवल ६८ र बुटुवल–सुनौली २५ किलोमिटर करिडाररमा पर्छ। कोरलादेखि १७ किलोमिटर टाढा चीनको पक्की सडक मार्ग जोडिन्छ।