संघीय समाजवादी फोरम सरकारमा जाने भएपछि एमोलेभित्र मन्त्री छान्न झनै झमेला पर्ने भएको छ। हालसम्म ७ मन्त्री नियुक्त भइसेका छन्। खाली मन्त्रालय ११ मात्र बाँकी छन् जसमा २ फोरमलाई दिएपछि ९ मात्र रहने र त्यसैबाट माओवादी र एमालेले बाँड्नुपर्ने समाचार आजको नयाँ पत्रिका दैनिकमा छ।
एमालेले पाँचवटामात्र मन्त्रालय पाउने भएकोले त्यसमा पर्न नेताहरुबीच हानथापन हुने भएको छ।
एमालेभित्रै अर्थमन्त्रीका दाबेबदार सचिव प्रदीप ज्ञवाली र सुरेन्द्र पाण्डेसँगै अहिलेसम्म मन्त्रीको अवसर नपाएका सचिव योगेश भट्टराई र अर्का सचिव गोकर्ण विष्ट दाबेदार छन् । ओलीलाई नजिकबाट सघाइरहेका विश्वासपात्र नेता ज्ञवाली फोरमसँगको बाँडफाँट टुंगिँदा महत्त्वपूर्ण मन्त्रालय पाउने सम्भावना कम हुने भएकाले सरकारमा सहभागी हुने कि नहुने द्विविधिामा छन् । पाण्डेसहित पदाधिकारी तहका दुई नेतालाई मन्त्री बनाउनुपर्ने दबाब प्रधानमन्त्रीसामु भएकाले २ या ३ मन्त्रालयमा अन्य आकांक्षीलाई मिलाउनुपर्ने हुन्छ ।