अनशनको अवमूल्यन हुने गरी काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएको र समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाउँदै प्रा.डा. गोविन्द केसीले पुनः अनशनको तयारी गरेका छन् । चिकित्सा शिक्षा सुधारको माग राखेर ११औँ पटकसम्म आमरण अनशन बसेका चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका प्रा.डा. केसीले हालको सरकारी वार्ता टोलीसँग छलफलसमेत नगर्ने बताएका छन् । केसीपक्षीय वार्ता टोलीका सदस्य डा. अभिशेषराज सिंहले सरकारी वार्ता समितिका संयोजक शान्तबहादुर श्रेष्ठबाट समाधानभन्दा विरोधपूर्ण कार्य बढी भएको आरोप लगाए । ‘डा. केसी हाल बाढी प्रभावित क्षेत्रमा हुनुहुन्छ । उहाँ काठमाडौं फर्केपछि सम्भवतः २१ भदौबाट पुनः अनशन सुरु हुन्छ,’ सिंहले भने ।अाजकाे नयाँपत्रिकामा खवर छापिएकाे छ।
तराईमा आएको विपत्तिजन्य संकटको कारण देखाउँदै केसीले २३ दिन लामो अनशन स्थगित गरेका थिए । उनले तत्काल सम्बन्धन खारेज गर्न माग गरेका छन् । डा. केसीले भनेका छन्, ‘यति लामो समयसम्म प्रधानमन्त्री र शिक्षामन्त्री मौन रहनुले गम्भीर आशंका उब्जाएको छ ।’ गत १२ असारमा त्रिवि कार्यकारी परिषद्ले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएको थियो ।अाजकाे
यस्ता छन् डा. केसीका पछिल्ला माग-काठमाडौं नेसनल मेडिकल कलेजलाई दिइएको अवैध सम्बन्धन तुरुन्त खारेज गर्नुपर्ने ।
– त्रिविले दुरुपयोग गरेका सम्बन्धन, विद्यार्थी भर्ना र शुल्कसम्बन्धी सबै अधिकार आइओएममा तत्काल फर्काइनुपर्ने
– माथेमा प्रतिवदेनअनुसार परिमार्जन गरेर चिकित्सा शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने ।
-त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारलगायत कार्यकारी परिषद्का सदस्यलाई बर्खास्त गरी तत्काल छानबिन र कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने ।
– चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगको म्याद तत्काल थपेर काम गर्ने वातावरण मिलाउनुपर्ने ।
सरकारको निर्णय कुर्दै काउन्सिलनेपाल मेडिकल काउन्सिलका प्रवक्ता कृष्ण अधिकारीले काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन विवादित भएकाले तत्काल आफूहरूले अनुगमन नगर्ने बताए । दसैँबाट विभिन्न शैक्षिक कार्यक्रम चल्ने भए पनि सरकारको औपचारिक निर्णय नआउँदासम्म सिट निर्धारणका लागि आफूहरू नजाने उनले बताए ।
‘सरकारले निर्देशित गरेको अवस्थामा हामी अनुगमन गर्छौं । अन्यथा यस विषयमा अगाडि बढ्दैनौँ,’ अधिकारीले भने । प्रा.डा. केसी अनशनमा बसेकै समयमा सम्बन्धन दिइएपछि विवादमा आएको कलेजबारे हचुवाका भरमा सम्बन्धन र सिट निर्धारण नगर्ने अधिकारीले बताए ।
स्पष्टीकरणका लागि बोलाउँछौँमन्त्रालयको टोली काठमाडौं नेसनल मेडिकल कलेज अब जाँदैन । उनीहरूलाई बोलाएर अस्पतालको अवस्थाबारे जानकारी लिने र नपुगेका उपकरणहरू तत्काल पूरा गर्न निर्देशित गर्नेछौँ : दीपेन्द्ररमण सिंह, संयोजक अनुगमन समिति मानहानिमा मुद्दा हाले हुन्छ ।
सम्बन्धित निकायले मेडिकल कलेज हो भनेपछि हामी मात्रै कामै नलाग्ने हो भन्न सक्दैनौँ । हामीले तीन वर्ष मुद्दा लड्याैँ, अपमान सह्यौँ । ६ पटकको अदालतको ताकेता हेरेका छौँ । हामीले अदालतको अपमान गरेको भए मानहानिमा मुद्दा हाले हुन्छ ।