गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको आधार ब्याजदर ५१ प्रतिशतले वढेको छ । गत आवमा बैंकहरूको औसत आधार ब्यजादर ९।८ प्रतिशत रहेको पाइएको छ । यो दर अघिल्लो आवको तुलनामा ५१।४२ प्रतिशतले वढेको हो । अघिल्लो आवमा बैंकहरूको औसत आधार ब्याजदर ६.८४ प्रतिशत थियो ।
बैंकहरूको आधार ब्याजदर बढे्दा महँगी बढ्न जान्छ । लगानीकर्ताले बैंकबाट उच्च ब्याजदरमा कर्जा लिएको हुनाले त्यसलाई उपभोक्तामा भार पर्छ । त्यसका साथै कर्जा प्रवाहको अनुपातमा पनि कमी आउँछ । गत आवमा उच्च दरमा बढेको ब्याजदरले बैंकहरूको कस्ट अफ डिपोजिट पनि वढेको छ । बैंकहरूले निक्षेपका लागि नै उच्च दरमा लगानी गर्नु परेपछि बेस रेट पनि उच्च भएको हो ।आजको कारोबारमा खबर छापिएको छ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासपछि कर्जा लगानीयोग्य रकमको अभाव भएपछि बैंकहरूको कस्ट अफ डिपोजिट बढेको थियो । पुँजी, कर्जा तथा निक्षेप(सीसीडी) अनुपात ८० प्रतिशत रहेका कारण बैंकहरूले कर्जा प्रवाहका लागि निक्षेप वढाउन जरुरी भयो ।
बैंकहरूले गत आर्थिक वर्षको सुरुवातमै आक्रामक रूपमा कर्जा प्रवाह गरेपछि पुँजी अभावका कारणले कर्जा प्रवाह गर्न नियन्त्रण गर्नुपर्ने अवस्था आएको थियो । उक्त समयमा आधिकांश बैंकहरूको सीसीडी रेसियो पनि ८० को हाराहारीमा पुगेको थियो । केही बंैकहरूको यो रेसियो ८० प्रतिशतभन्दा माथि पनि पुगेको थियो ।
बैंकहरूले कर्जा प्रवाहका लागि निक्षेपको ब्याजदर बढाएर आकर्षित गरेका थिए । बैंकहरूले निक्षेपमा गर्ने लगानी नै धेरै भएपछि उनीहरूले सञ्चालन खर्च र निक्षेपका लागि गर्ने लगानीको संयुक्त रूप बेस रेट बढेको हो ।
बैंकहरूको बेस रेट बढे पनि त्यसअनुसार कर्जाको ब्याजदर नबढाएको उल्लेख गर्दै सानिमा बैंकमा प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले भने, ‘बैंकहरूले निक्षेपको कस्ट ग्राहकमा पास अन नगरेको हुनाले त्यसको असर नाफामा पनि देखिएको छ ।’
गत आवको अन्तिम अर्थात चौथो त्रैमासमा अधिकांश बैंकहरूले स्प्रेड रेट घटाएका छन् । स्प्रेड रेट घटाएको हुनाले पनि निक्षेपको उच्च खर्च ग्राहकमा पास अन नगरेको स्पष्ट हुने उनको भनाइ छ ।