तीन दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले संस्दबाट पारित हुने क्रममा रहेको चिकित्सा शिक्षा विधेयकमा कम्तीमा १८ वटा असहमति राखेका छन् ।
विधेयकमा थुप्रै प्रवधानमा चलखेल भएको भन्दै सच्याएरमात्रै पारित गर्नुपर्ने माग राखेर केसी पछिल्लोपटक असोज १९ देखि आमरण अनशनमा छन् । उनी चिकित्सा शिक्षामा सुधार माग राखेर आमरण अनशन बस्न थालेको यो १३ औ पटक हो । उनले विधेयकको प्रस्तावमा नै संशोधन माग गरेका छन् ।आजको नागरिकमा खवर छापिएको छ।
संसदमा रहेको यो विधेयकलाई प्रक्रियाअनुसार फिर्ता गरेर वा ससदमित्रैबा६ माथेमा प्रतिवेदन र आपुसँग भएका सहमति अनुसार विषय थपेर यसलाई पारित गर्नुपर्ने माग केसीको छ । ‘यो विधेयक हाम्रो लामो संघर्षलाई संस्थागत गर्ने अवसर हो।’उनले भने,‘यो नै माफियामुखी भयो भने सत्याग्रह टुगिन्नँ।’
उनले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा विपन्न एवं जेहेन्दार विद्यार्थीको पहँुच सुनिश्चित गर्न आफु लडीरहने बताए ।