संविधानसभाको पहिलो निर्वाचनमा दाङमा विजयमाला पहिरिएर दोस्रो चुनामा रोल्पा उक्लिएका माओवादी नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको निर्वाचनमा पुनः दाङ ओर्लिने तयारीमा छन्। त्यो पनि पुरानै क्षेत्र पहिलेको ३ अहिलेको २ नम्बर क्षेत्रमा। माओावादीले महराको नाम सिफरिस पनि गरिसकेको छ।
त्यस्तै एमालेका नेता शंकर पोखरेल पनि त्यही क्षेत्रबाट चुनावमा भाग लिने तयारीमा छन् तर केन्द्रमा दुई पार्टीबीच तालमेल भएपछि दुईमध्ये एकलेमात्र उक्त क्षेत्रमा चुनाव लड्नेछन् यसले दुबै नेतालाई अप्ठ्यारोमा पारेको छ। यो खबर देवेन्द्र बस्नेतले आजको नागरिक दैनिकमा लेखेका छन्।