वाम गठबन्धनपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सम्बन्ध बिग्रिएको छ। तर देउवा अझै दाहालको निर्णयको प्रतिक्षामा रहेका छन्। यो खबर आजको नेपाल समाचारपत्रमा छ।
देउवाले माओवादीका मन्त्री हटाउन सातौंपटक मन्त्रिपरिषद् विस्तार गरेपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र मन्त्री पनि नबोलाउने निर्णय गरेको छ। यद्यपी माओवादीले फिर्ता नबोलाएपनि उनीहरुलाई बिना विभागिय बनाउने देउवाको तयारी छ। तर प्रधानमन्त्री देउवा दाहालको निर्णयको प्रतिक्षामा रहेका छन्।